मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रत्ननगर नगरपालिकाका नगरप्रमुखद्वारा सरकारी गाडी नचढ्ने घोषणा

रत्ननगर नगरपालिकाका नगरप्रमुखद्वारा सरकारी गाडी नचढ्ने घोषणा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् । चालू आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सरकारले व्यवस्था गरेको सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नगरप्रमुखको सहजताका लागि सवारीसाधनको व्यवस्था गरेको छ । खर्च मितव्ययी गर्दै आएका नगरप्रमुख सापकोटाले अब सरकारी गाडीसमेत नचढ्ने घोषणा गरेका हुन् । निर्वाचित भएको दुई वर्षसम्म सरकारी गाडी कम प्रयोग गरेका उनले सार्वजनिक सुनुवाइमा नगरवासीलाई साक्षी राखेर सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन् ।

‘दुई वर्षसम्म सरकारी गाडी कम प्रयोग गरेको छु’, उनले भने, ‘अब तीन वर्ष कार्यकाल बाँकी छ, आजैदेखि सरकारी गाडी प्रयोग गर्दिनँ । जनताले तिरेको कर विकास निर्माणमा खर्च गर्न आफू प्रतिबद्ध रहेको भन्दै सापकोटाले सेवा उपभोगलाई भन्दा नगरको विकास र नगरवासीको हितका लागि प्रतिबद्ध रहेको बताए ।

‘जनताले पसिना बगाएर संकलन गरेको रकमबाट तिरेको करले विकास गर्नुको सट्टा गाडी किन्न आफ्नो स्वाभिमानले दिएन’, उनले भने, ‘नागरिकले तिरेको कर नागरिककै चाहनामा विकास निर्माणका कार्यमा प्रयोग गर्ने सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको हुँ । ’

रत्ननगर नगरपालिकालाई कार्यालय प्रयोजनका लागि एउटा गाडी खरिद गर्नुपर्ने आवश्यकता देखियो । आन्तरिक स्रोतबाट गाडी खरिद गर्नुपर्ने बाध्यकारी अवस्थालाई दृष्टिगत गरी नगरप्रमुख सापकोटाले नगरवासीहरुले तिरेकोे करबाट गाडी खरिद नगर्ने र बरू आफैँले चढेको गाडी कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने घोषणा गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।

रत्ननगर पुरानो नगरपालिका भएकाले यहाँ रहेका दुईवटा गाडी ज्यादै पुरानो भई कामभन्दा मर्मत धेरै गर्नुपर्ने अवस्था भएकाले कार्यालयको कामको चापले अर्काे गाडी खरिद गर्ने नगर कार्यपालिकाको बैठकले समेत निर्णय गरिसकेको थियो । कार्यपालिकाको बैठकको निर्णयलाई थाती राखेर नगरप्रमुख सापकोटाले आफूले प्रयोग गर्दै आएको गाडी कार्यालय प्रयोजनका लागि दिएर खर्च जोगाउने निणर्य गरेका हुन् ।

विपन्न समुदायको शिक्षा र स्वास्थ्यका लागि सधैँ प्रयासरत रहने नगरप्रमुख सापकोटाले नगर तथा व्यक्तिगत लगानीमा विपन्न र असहायलाई आवास निर्माण गर्ने गरेका छन् । आर्थिक अभावका कारण उपचार नपाएका र शिक्षाबाट वञ्चित विपन्न तथा अपाङ्गता भएका नगरवासीलाई उनले व्यक्तिगत लगानीमा उपचार र शिक्षा प्रदान गर्दै आएका छन् ।