मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
मुख्य समाचार   

ताइवानमा शक्तिशाली भूकम्प

ताइवानमा शक्तिशाली भूकम्प

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A vehicle in a collapsed road following an earthquake in New Taipei City, Taiwan, on Wednesday, April 3, 2024. Taiwan has been hit by the strongest earthquake in a quarter of a century, with shocks from the temblor leveling dozens of buildings on the eastern side of the island, injuring more than 50 people and disrupting some chip production lines. Photographer: An Rong Xu/Bloomberg via Getty Images

आज विहान ताइवानमा गएको ७.४ म्याग्निच्यूडको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति गरेको छ। भूकम्पका कारण हालसम्म ९ जनाको ज्यान गएको ताइपेइस्थित नेशनल फायर एजेन्सीले जनाएको छ। शक्तिशाली भूकम्पका कारण कैयन अग्ला भवन र सडक संजाल क्षतिग्रस्त भएकाछन् भने ७०० जना भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ। हुवालिन काउण्टी अन्तर्गतको न्यू ताइपेइ सिटीमा सयौं अग्ला भवनहरु ढलेका वा क्षतिग्रस्त भएकाछन् भने सडक यातायातहरु अवरुद्ध भएकाछन्। कैयन विदेशी नागरिकहरु समेत भत्किएका सडक संजाल र सुरुङ मार्गमा अलपत्र परेकाछन्।

आपतकालीन उद्धार कार्यहरु जारी रहेकाले भूकम्पका कारण भएको मानवीय र भौतिक क्षति निकै भएको अनुमान गरिएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको सिएनएन लगायतका समाचार एजेन्सीहरुले जनाएकाछन्। अन्तराष्ट्रिय सहयोगका लागि तत्काल आव्हान भइ नसकेको भएपनि मानवीय सहयोगका लागि कैयन अन्तराष्ट्रिय संस्थाहरु तयार रहेको समाचारमा जनाइएको छ।

तस्बिरः सिएनएन, सिएनए, एपीपी/ गेटी इमेज

 

तस्बिरः सिएनएन, सिएनए, एपीपी/ गेटी इमेज