मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

इजराइली प्रधानमन्त्रीद्वारा अल जजिरा बन्द गर्न आह्वान

इजराइली प्रधानमन्त्रीद्वारा अल जजिरा बन्द गर्न आह्वान

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेल अभिव । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार एक विस्तृत कानुन पारित गरेपछि अल जजिरा न्यूज नेटवर्क बन्द गर्न आह्वान गरेका छन् ।
नयाँ कानुनले राष्ट्रिय सुरक्षाको लागि खतरा हुनसक्ने विदेशी नेटवर्कहरूमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई अधिकार प्रदान गरेको सिएनएनले बताएको छ ।

“तत्काल नयाँ कानुनअनुसारको कार्य गर्न कतार आधारित समाचार आउटलेटको गतिविधिलाई देशमा रोक्ने निर्णय गरिएको हो”, नेतान्याहुले भने ।

सिएनएनका अनुसार गाजामा हमासविरुद्ध इजराइल युद्धको क्षेत्रगत रिपोर्टिङ गर्न प्रतिबद्ध अल जजिरा मिडिया नेटवर्कले एक विज्ञप्तिमार्फत उक्त निर्णयको निन्दा गर्दै आफू आफ्नो ‘साहसी र व्यावसायिक कभरेज’ जारी राख्न यस्ता निर्णयले नरोकिने वाचा गरेको छ ।

नयाँ कानुनले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई इजराइलमा सञ्चालित विदेशी नेटवर्कहरू अस्थायीरूपमा बन्द गर्न आदेश दिनसक्ने अधिकार प्रदान गर्दछ ।

सिएनएनका अनुसार इजराइलको हमासविरुद्ध चलिरहेको युद्ध तथा नेतान्याहुविरुद्धको बढ्दो सार्वजनिक असन्तुष्टि र विरोधका बीच सोमबार संसद्ले सो कानुन अनुमोदन गरेको हो । नेतान्याहु सरकारले इजराइलीविरोधी सूचना फैलाएको आरोप लगाउँदै अल जजिराको सञ्चालनमा लगातार गुनासो गर्दै आएको छ ।

प्रधानमन्त्री नेतान्याहुले सोमबार अल जजिरालाई हमासको पक्षमा रहेको आरोप लगाए । साथै, अक्टोबर ७ मा भएको आक्रमणमा सक्रिय सहभागी रहेको र आइडिएफ (इजरायली सुरक्षा बल) सैनिकहरूविरुद्ध उक्साएको आरोप लगाए ।

कतारी सरकारले आंशिक लगानी गरेको अल जजिराले यी सबै ‘निन्दनीय आरोपहरू’ हुन् भन्दै यसले अल जजिराको प्रतिष्ठा मात्र नभई विश्वव्यापीरूपमा यसका कर्मचारीहरूको सुरक्षा र अधिकारलाई पनि खतरामा पार्ने बताएको छ ।

“अल जजिराको अवरोधले डरलाग्दो र चिन्ताजनक स्थितिको आङ्कलन गर्छ । यसले प्रेस स्वतन्त्रतालाई प्रतिबन्धित गर्दछ तथा इजराइल र प्यालेस्टिनका घटनाहरूको वास्तविकतामा विश्वका नागरिकहरूको पहुँचलाई थप सीमित गर्दछ”, इजरायल मानव अधिकार वाच र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले सिएनएनलाई भने ।

अक्टोबर ७ मा हमासले इजरायलमा गरेको घातक हमलाले इजराइल र हमासबीचको युद्ध सुरु भएको हो । इजराइली रिपोर्टअनुसार युद्धमा एक हजार दुई सयभन्दा बढी मानिस मारिएका छन् भने लगभग दुई सय ५० जनालाई बन्धक बनाइएको छ ।

जवाफमा इजराइली सेनाले हमास नियन्त्रित गाजामा व्यापक गोलाबारी र भूमिगत कारबाही गरेको हो । गाजामा जारी हिंसाका बीच त्यहाँ मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेको हमास सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । एएनआई