मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । बागमती प्रदेश सभामा उनले ५६ जना सांसद्को मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरेका हुन् । एक सय आठ जना प्रदेश सभा सदस्य उपस्थित भएकामा उनलाई सत्ता गठबन्धन दल नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र)को २१, नेकपा (एकीकृत समाजवादी)को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसद्ले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ । राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ । प्रदेश सभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन् ।

पहिलो र दोस्रोपटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो । नेपाल कम्युनिस्ट पार्टी (एकीककृत समाजवादी)लाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ । दुई प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दैछ ।

यसअघि पहिलोपटक एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेश सभा सदस्यको समर्थमा २०७९ साल पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।

संघीय सरकारमा समीकरण परिवर्तनसँगै उनले दोस्रोपटक २०७९ साल चैत १० गते विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशवासीको हितमा काम गर्ने बताए ।