मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस-रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले निज लेखापाल निरौलालाई सेवाग्राहीबाट रु १५ हजार घुस-रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Advertisement

उनका अनुसार उक्त घुस रकमको अनुसन्धानको सिलसिलामा निजले सेवा ग्राहीसँग घुस-रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज प्रमोद निरौलाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

शेयर गर्नुहोस:

81
Shares