मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

पाँच जनाको मृत्युसँग सम्बन्धित स्वास्थ्यपूरक बनाउने कारखानामा जापानी प्रहरीको छापा

पाँच जनाको मृत्युसँग सम्बन्धित स्वास्थ्यपूरक बनाउने कारखानामा जापानी प्रहरीको छापा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोक्यो । जापान सरकारका स्वास्थ्य अधिकारीहरूले शनिबार स्वास्थ्यपूरक बनाउने एक कारखानामा छापा मारेको बताएका छन् । उनीहरूका अनुसार उक्त कारखानाबाट उत्पादिन स्वास्थ्यपूरकको सेवनले कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै अस्पताल भर्ना भएका छन् ।

सार्वजनिक प्रसारक एनएचकेसहित जापानी टिभी समाचारहरूमा व्यापकरूपमा देखाइएको छापामा गाढा रङको सुट लगाएका करिब एक दर्जन व्यक्तिहरू कोबायाशी फर्मास्युटिकल कम्पनीको ओसाका संयन्त्रमा पसेका थिए ।

कम्पनीले मिर्गौला फेल हुने बिमारीको सही कारणबारे अत्यन्त कम जानकारी भएको बताएको छ । सरकारी स्वास्थ्य अधिकारीहरूको सहकार्यमा उत्पादनहरूको अनुसन्धान भइरहेको छ ।

सबै पूरकहरूले ‘बेनिकोजी’ को प्रयोग गर्थे । कोबायाशी फर्मास्युटिकल्सको बेनिकोजी कोलेस्टे हेल्प नामक गुलाबी चक्कीहरूलाई कोलेस्ट्रलको स्तरलाई कम गर्न सहयोग गर्ने बताइएको थियो ।

पश्चिमी जापानी सहर ओसाकास्थित कोबायाशी फर्मास्युटिकल्सले पछिल्लो तीन आर्थिक वर्षमा करिब १० लाख प्याकेज बेजिकोजी बिक्री गरेको बताएको छ । कम्पनीले बेनिकोजीलाई अन्य निर्माताहरूलाई पनि बिक्री गरेको छ र केही उत्पादनको निर्यात पनि गरेको छ । पूरकलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि पसलमा खरिद गर्न सकिन्छ ।

बेनिकोजीको प्रयोग वर्षौंदेखि विभिन्न उत्पादनमा भइरहेको भए पनि सन् २०२३ मा स्वास्थ्य समस्याहरूको रिपोर्ट आएको थियो । कम्पनीका अध्यक्ष अकिहिरो कोबायाशीले तत्काल कारबाही नगरेकामा माफी मागेका छन् । कम्पनीको समस्याका बारेमा आधिकारिक मेडिकल रिपोर्ट प्राप्त भएको दुई महिनापछि मार्च २२ मा यी औषधि फिर्ता गरिएको छ ।

उक्त उत्पादन प्रयोग गरेपछि पाँच जनाको मृत्यु भएको र अन्य एक सय १४ जनाको अस्पतालमा उपचार भइरहेको कम्पनीले शुक्रबार बताएको छ । जापानको स्वास्थ्य मन्त्रालयले मृत्यु र बिरामीका लागि पूरक जिम्मेबार रहेको बताउँदै प्रभावित मानिसहरूको सङ्ख्या बढ्नसक्ने चेतावनी दिएको छ ।

केही विश्लेषकहरूले हालैको कमजोर अनुगमन पहललाई दोष दिएका छन् । उनीहरूका अनुसार कमजोर अनुगमनले आर्थिक विकासलाई गति दिनका लागि स्वास्थ्य उत्पादनहरूको अनुमोदनलाई सरल र गति दिएको छ ।

यद्यपि उपभोक्ता उत्पादनहरूमा सरकारी जाँच तुलनात्मकरूपमा अपेक्षाकृत कडा भएकाले जापानमा ठूलो मात्रामा उत्पादित वस्तुहरूबाट मृत्यु विरलै हुन्छ ।

सरकारले पूरकसम्बन्धी रोगहरूको प्रतिक्रियामा अनुमोदन प्रणालीको समीक्षा गर्न आदेश दिएको छ । यसको प्रतिवेदन मेमा आउन बाँकी छ । एपी