मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

डी टाउन (D-Town) को आयोजनामा दोश्रो पटक पैतिस वर्ष नाघेकाहरुको फुटबल हुँदै

डी टाउन (D-Town) को आयोजनामा दोश्रो पटक पैतिस वर्ष नाघेकाहरुको फुटबल हुँदै

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । डी टाउन (D-Town) फुटबल क्लबको आयोजनामा यही मार्चको अन्तिम साता ड्यालसमा ३५ वर्षभन्दा माथि उमेर समूहको फुटबल प्रतियोगिता हुने भएको छ ।

युवालाई मात्र नभएर फुटबल खेलप्रति वयष्कलाई समेत जागरुक बनाउन यस प्रकारको प्रतियोगिता हुन लागेको हो । यसमा सहभागी हुनका लागि सहभागीले अनिवार्य रुपमा ३५ वर्ष उमेर पार गरेको हुनुपर्छ ।

सन् २०१८ मा सानो समूहबाट सुरु भएको क्लबमा अहिले ५० जना भन्दा बढी सदस्यहरु र नियमित रुपमा खेल खेलिरहनेहरु आवद्ध छन् । यस पटक क्लबको छैटौं वार्षिक उत्सवका अवसरमा प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिएका छन् ।

सात सय पचास डलर रजिष्ट्रेशन शुल्क तिरेर अहिलेसम्म १२ टीम दर्ता भैसकेका छन् । प्रतियोगिता मार्च ३० तारिक शनिबार बिहान ९ बजे देखि बेलुका ९ बजे सम्म फोर्टवर्थको रोलिंग हिल सकर कम्प्लेक्समा हुनेछ ।

प्रतियोगितामा पहिलो हुनेले पाँच हजार र दोस्रो हुनेले दुई हजार डलर राशीको पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा भाग लिन इच्छुक समुले यही मार्च १५ तारिकभित्र टीम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको थियो।