मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान

बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बयान लिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै बिहीबार बयान लिएको हो ।

जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उहाँ भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सीधै बयान लिइएको जानकारी दिए ।