मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित

हिमालय खबर

शेयर गर्नुहोस:

216
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन् ।

राष्ट्रियसभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो । उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलको १७ मत खसेको थियाे ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य दाहाल २०७८ सालमा राष्ट्रपतिबाट मनोनित कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका हुन् ।

को हुन् दाहाल ?

नारायण दाहाल प्रधानमन्त्री प्रचण्डका १३ दिने दाजुभाइभित्र पर्छन् । प्रचण्ड र नारायणका हजुरबुबाहरु दाजुभाइ हुन् । दुबैको घर चितवनको शिवनगर हो ।

नारायण दाहाल नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । प्रचण्डले अरु काबिल नेताहरुलाई पछि पार्दै उनलाई राष्ट्रियसभा सदस्य बनाए र अहिले अध्यक्ष बनाएका हुन् ।

संविधान जारी भएपछि ०६४ को चुनाव जितेर उनी तल्कालीन चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य बने । ०७० को चुनावमा भने उनी पराजित भए । ६७ वर्षीय दाहालका १ छोरी र २ छोरा छन् ।

सङ्कटकालका बेला भारतका साथै जाजरकोट र सुर्खेत बसेर दाहालले काम गरेको माओवादी नेताहरु बताउँछन् । शान्ति प्रक्रियापछि दाहाल केही समय कास्कीको पार्टी इञ्चार्ज बनेका थिए ।