मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

नेटो अभ्यासले तनाव निम्त्याउँछ : रुस

नेटो अभ्यासले तनाव निम्त्याउँछ : रुस

हिमालय खबर

शेयर गर्नुहोस:

432
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को । हाल जारी ‘नेटो स्ट्याडफास्ट डिफेन्डर सैन्य’ अभ्यासले तनाव बढाउँदै विश्वव्यापी स्थिरतालाई कमजोर बनाउने रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले टिप्पणी गरेका छन् ।

युरोपमा जारी सैन्य अभ्यास ‘रूससँग सशस्त्र टकरावको परिदृश्य’ जस्तो प्रतीत हुने पत्रुसेभले उल्लेख गरेका छन् ।

‘वर्तमान इतिहासमा संयुक्त राज्य अमेरिकाको विनाशकारी भूमिका स्पष्ट छ । कुनै पनि अन्य देशले यति धेरै युद्ध र सैन्य द्वन्द्वहरू निम्त्याएका छैनन् र यति धेरै आर्थिक सङ्कटका निम्ति उक्साएका पनि छैनन्’, उनले टिप्पणी गरे ।

सुरक्षा सचिव पत्रुसेभका अनुसार नेटो गठबन्धनले रुसको पश्चिमी सिमानातर्फ गतिविधि विस्तार गरिरहँदा यसमा ‘वासिङ्गटनको प्रभाव देखिएजस्तो’ अनुभूति भएको बताएका छन् ।

नेटो ब्लकले एशिया-प्रशान्त र आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको पनि उनको धारणा छ । पात्रुसेभले नेटोका सदस्य राष्ट्रहरूले सन् २०२४ मा रक्षा खर्च बढाइरहेका छन् जसले ती देशहरूको ‘बढ्दो आक्रामक प्रकृति’ झल्काउने बताएका छन् ।

स्टेडफास्ट डिफेन्डर २०२४ सैन्य अभ्यासु जनवरीको अन्त्यमा सुरु भएको र मेसम्म चल्ने तालिका छ । करिब ९० हजार सेनाको सहभागितामा आयोजित यो सैन्य अभ्यास युरोपमा दशकौँ पछिको ठूलो युद्ध खेल हो । सिन्ह्वा

test