मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । बुधबार विहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार दुर्घटनामा हराइरहेका तीन जनाको शव फेला परेपछि मृतकको संख्या १० पुगेको हो ।

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक रात्रि बस बुधबार बिहान साढे चार बजेतिर राजमार्गबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनापछि हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव बिहीबार दिउँसो फेला परेको थियो भने दुर्घटनामा हराइरहेका बुटवलका उपमहानगरपालिका–६ का प्रकाश पाठकको शव दिउँसो फेला परेको हो । पाठकको शव बिहीबार दिउँसो दुर्घटनास्थलभन्दा करिब दुई किलोमिटर तल त्रिशूली नदीकिनारमा भेटिएको हो ।

यसअघि स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव फेला परेको थियो । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर तल फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा नदीमा हराइरहेका तीनै जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बुधबार ज्यान गुमाउनेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रूवी श्रेष्ठ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवारका अनुसार बसमा चालक र सहचालक गरी ५१ जना रहेका थिए । दुर्घटनामा घाइते बनेका र सकुशल रहेका ३९ जनाको उद्धार गरिएको थियो । बस चालक रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।