मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनुपर्छ : मन्त्री बस्नेत

डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनुपर्छ : मन्त्री बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाइ, सस्तो र सरलरुपमा सबै नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २६औँ वार्षिकोत्सवमा उनले भने, “विश्व ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को अवधारणामा आगाडि बढिरहेको सन्दर्भमा हामीले डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनसक्नुपर्छ । दूरसञ्चार सेवालाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै सबै नागरिकले आधारभूत दूरसञ्चार सेवा सहजै प्राप्त गर्नसक्ने वातावरणतर्फ हामीले ढिला गर्न हुँदैन ।”

उनले ग्रामीण भेगमा सहज ढङ्गले सेवा प्राप्त गर्ने परिस्थिति निर्माण गर्दै भरपर्दो र विश्वसनीय बनाउन आवश्यक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रवाह गरेको भन्दै दूरसञ्चार प्राधिकरणलाई बधाई दिए । “प्रविधिको नवीनता र गतिशीलताले गर्दा प्रविधिको दयारा बढेकाले नियमन चुनौती पूर्ण छ”, उनले भने, “त्यसैले क्षमता र गुणस्तरीयतामा विशेष ध्यान पुर्‍याउनुको विकल्प छैन ।”

उनले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई दूरसञ्चार क्षेत्रको विकासमा उपयोग गर्न सक्नुपर्ने भनाइ राखे । प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्राधिकरणले अहम् भूमिका निर्वाह गरेको बताए । उनले भने, “कोभिडपश्चात् पछिल्ला वर्षमा मोबाइल इन्टरनेटको प्रयोगकर्ता बढिरहनु सेवा प्रदायकका लागि अवसर हो । हाल बजारमा देखिएका चुनौतीलाई के कसरी सम्बोधन गर्ने विषयमा हामीले सरकारसँग समन्वय गरी आवश्यक एकदम चाल्ने छौँ ।”

सो अवसरमा २० वर्ष सेवा गरेका कर्मचारी निर्देशकत्रय अर्जुन घिमिरे, मीनप्रसाद अर्याल र विजयकुमार रायलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरिएको थियो ।