मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या : मन्त्री शर्मा

साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या : मन्त्री शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताएकी छन् ।

घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजना गरिएको साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कानुन निर्माणका लागि सरकार अगाडि बढेको उल्लेख गरिन् ।

उनले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह गरिन् । सबै क्षेत्रको सुझाव सङ्कलन गरेर सरकार कानुन निर्माण गरेर अगाडि बढ्ने बताउँदै उनले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

सूचना प्रविधिको प्रयोगले सेवालाई सहज, छिटो बनाइदिने भए पनि कतिपय अवस्थामा दुरुपयोग हुँदा यसको असर धेरै क्षेत्र उनको भनाइ थियो । सरकारी कार्यालयमा सूचना तथा तथ्याङ्क सुरक्षित कसरी राख्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजकुमार महर्जनले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आयोजित अभिमुखीकरणमा पछिल्लो समय बढ्दो साइबर अपराध र यसका चुनौती तथा आवश्यक नीतिगत विषयमा जानकारी गराइएको छ ।

सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले साइबर सुरक्षा संवेदनशील विषय रहेको बताए । नागरिकको सूचना सरकारी निकायसँग रहने भन्दै यसलाई सुरक्षित, व्यवस्थितरुपमा राख्नुपर्ने उनले बताए ।