मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँ–तराई मधेस द्रुतमार्ग तीन वर्षभित्र पूरा हुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ–तराई मधेस द्रुतमार्ग तीन वर्षभित्र पूरा हुन्छ : उपप्रधानमन्त्री खड्का

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने बताएका हुन् ।

उनले उक्त आयोजनाको भौतिक प्रगति ३० दशमलव ९६ प्रतिशत रहेको बताए । आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गरे ।

उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । आयोजना अन्तर्गत खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उनले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताए ।

त्यस्तै, उनले सेनाको कल्याणकारी कोषमार्फत हेटौँडा कपडा कारखाना सञ्चालनका लागि प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस भएको भन्दै उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको बताए ।

खड्काले सेना, सरकार र अदालतप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेकामा आपत्ति प्रकट गरे । त्यस्तै उनले मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा सरकार गम्भीर रहेको पनि धारणा राखे ।