मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

कतार र इजिप्टले गाजामा युद्धविरामका लागि इजरायल-हमास वार्ताको आयोजना गर्ने

कतार र इजिप्टले गाजामा युद्धविरामका लागि इजरायल-हमास वार्ताको आयोजना गर्ने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कायरो । हाल इजरायली घेराबन्दी र बमबारीको चपेटामा रहेको गाजा पट्टीमा युद्धविराम गर्ने विषयमा कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी गरेको इजिप्टको अल-काहेरा समाचारले उल्लेख गरेको छ।

“हालैको पेरिस बैठकमा छलफल भएको कुरालाई निरन्तरता दिँदै दोहा र कायरो छलफल इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र इजरायलका विशेषज्ञहरूको सहभागितामा हमास आन्दोलनको एक प्रतिनिधिमण्डल पनि सहभागी हुने,” अल- काहेरा न्युजले इजिप्टका एक जना अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

दोहा र कायरोमा भएको वार्ताले प्यालेस्टिनी कैदी र इजरायली बन्धकहरूको आदानप्रदानका साथै गाजामा युद्धविराम गर्ने सहमति निकट पुगेको बताइएको छ।

गाजा-शासक हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा घातक आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण तीव्र पारेको छ । सो आक्रमणमा करिब १ हजार २०० इजरायलीहरू मारिएका छन् भने २०० जनाभन्दा बढीलाई बन्धक बनाइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरायली सेनाले गरेको आक्रमणमा २९ हजार ६९२ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ६९ हजार ८७९ जना घाइते भएका छन् ।

इजिप्ट, कतार र संयुक्त राज्यले अमेरिकाले इजरायल र हमास बीच एक हप्ता लामो युद्धविराम मध्यस्थता गरेको थियो । सो युद्धविराममा प्यालेस्टिनी कैदीहरू र इजरायली बन्धकहरू आदानप्रदानका साथै गाजामा थप मानवीय सहायता वितरण गरिएको थियो। (रासस-सिन्ह्वा)