मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै रहस्यमय मृत्यु

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै रहस्यमय मृत्यु

छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचकको मृत्यु भएको छ । लामो समयदेखि जेलमा रहेका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएको बताइएको छ ।

नाभाल्नीलाई रुसमा पुटिनको सबैभन्दा ठूलो आलोचक मानिन्थ्यो । नाभाल्नी २०२१ मा सरकार विरोधी प्रदर्शनको लागि जेलमा परेका थिए । यसअघि पनि नाभाल्नीलाई विष खुवाएर मार्ने प्रयास भएको थियो । जसमा नवल्नीको ज्यान जोगिएको थियो ।

यसअघि नाभाल्नी केही दिनदेखि जेलबाट बेपत्ता भएको खबर आएको थियो । उनका वकिलले पनि उनीसँग कुरा गर्न नसकेको दाबी गरिएको थियो । कैदीको सूचीमा उनको नाम पनि हराइरहेको थियो ।

तर, उनका वकिलले करिब २० दिनपछि भेट्न पाएका थिए । रुसी सरकारले नाभाल्नीलाई अत्यधिक चिसो आर्कटिक क्षेत्रमा रहेको जेलमा सारिएको थियो ।

नाभाल्नी यमलो नेनेट्सको खार्प क्षेत्रमा रहेको कारागारमा थुनिएको बताइएको छ । खर्पमा करिब ५ हजार मानिस बसोबास गर्छन् र यो क्षेत्र आर्कटिक सर्कलभन्दा माथि रहेको छ ।

जसका कारण यहाँ अत्याधिक चिसो छ र यहाँको अवस्था निकै खतरनाक छ । कारागारका कैदीहरूको बाहिरी संसारसँग कुनै सम्पर्क छैन र यो रसियाको सबैभन्दा खतरनाक जेलहरूमा गनिन्छ । यो क्षेत्र रुसको राजधानी मस्कोबाट दुई हजार किलोमिटर उत्तर–पूर्वमा अवस्थित छ ।

छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह

रूसी प्टिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएकाके मृत्युपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानविन गर्न आग्रह गरेका छन् ।

रूसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले शुक्रबार जनाएको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले नभाल्नीको मृत्युबाट महासचिव स्तब्ध भएको बताएका छन् ।

एलेक्सीको नभाल्नीको मृत्युको विवरणले राष्ट्रसङ्घका महासचिव गुटेर्रेस ‘स्तब्ध भएको’ उनका प्रवक्ताले बताएका छन् । यसैगरी राष्ट्रसङ्घको मानवअधिकार कार्यालले स्वतन्त्र निकायमार्फत् घटनाको छानबिन हुनुपर्ने माग गरेको छ । ‘बिनाकारण जस्तो देखिएको’ नभाल्नीको काराबासबारे पनि आफूले बारम्बार कुरा उठाएको कार्यालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको दाबी गर्दै यसको निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।

राष्ट्रसङ्घीय मानव अधिकार आयुक्त फोल्कर ट्यूर्कले गत वर्ष नभाल्नीलाई सुनाइएको लामो सजायले रूसले अदालती प्रणालीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको देखाएको बताएका छन् । “यदि कोही राज्यको हिरासतमा मर्छ भने त्यसका लागि राज्य जिम्मेवार हुने अन्तरराष्ट्रिय मान्यता छ,” राष्ट्रसङ्घले भनेको छ ।

नभाल्नीको मृत्युको घोषणापछि ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आफूलाई उक्त घटनाले ‘अचिम्भत र आक्रोशित’ तुल्याएको बताएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रखर आलोचक रहेका नभाल्नीको ‘वीरता’को प्रशंसा गर्दै बाइडेनले सन् २०२० मा विष दिइएपछि नभाल्नी निर्वासनमा देशबाहिर रहनसक्ने भए पनि उनले त्यसो नगरेको बताए । “पुटिन जे थिएनन्, नभाल्नी त्यही थिए,” बाइडेनले नाभाल्नीको विशेष क्षमताबारे बताए । उनले थपे, “गल्ती नगरौँ, नभाल्नीको मृत्युका लागि पुटिनले जिम्मेवार छन् ।”

म्युनिखबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पुटिनको मृत्यु ‘पुटिनको क्रूरताको सङ्केत’ भएको बताए।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नाभाल्नीको मृत्यु रूसी जनताका लागि ‘ठूलो त्रासदी’ भएको बताएका छन्।
बेलायतको विदेश मन्त्रालयले नाभाल्नीको मृत्युका लागि रुसी अधिकारीलाई पूर्ण रुपमा जिम्मेवार ठह¥याउन रुसी दूतावासलाई बोलाएको जनाएको छ ।

यसैगरी बेलायतका विदेशमन्त्री डेभिड क्यामरूनले नभाल्नीको मृत्युको परिणाम रूसले भोग्नुपर्ने चेतावनी दिए । जर्मनीमा जारी म्यूनिख सुरक्षा सम्मेलनमा क्यामरूनले भने, “रूसले यसको परिणाम बेहोर्नुपर्नेछ ।”

लातभियाका राष्ट्रपति एडगर्स रिन्केभिक्सले ‘क्रेमलिनले नभाल्नीको निर्मम हत्या गरेको’ बताएका छन् । त्यसैगरी, फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले नभाल्नीको मृत्युले ‘पुटिनको शासनको वास्तविकताको सम्झना गराएको’ बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत दुई वर्षदेखि रूसी सेनासँग लडिरहेका बेला क्रेमलिनका आलोचकको हत्या भएको बताएका छन् ।

नाभाल्नी सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थिए । उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो ।