नेपाल

बाँसबारीको जग्गा प्रकरण : अरुण चौधरीसहित तीन जनालाई दुई दिन म्याद थप

बाँसबारीको जग्गा प्रकरण : अरुण चौधरीसहित तीन जनालाई दुई दिन म्याद थप


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई जिल्ला अदालत काठमाडौँले आज थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज उनीहरु तीनैजनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको उक्त अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

Advertisement

उनले भने, “बाँसबारीको १० रोपनी जग्गा हिनामिना गरेको अभियोग लागेका व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई थप दुई दिन हिरातमा राख्न अनुमति दिइएको छ ।”

उक्त जग्गा प्रकरणमा सिआईबीले उनीहरुलाई यही माघ १८ गते पक्राउ गरेको हो थियो ।