मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सवारी दुर्घटनामा पूर्वमन्त्री पौडेलको निधन

सवारी दुर्घटनामा पूर्वमन्त्री पौडेलको निधन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैंडाकोट नगरपालिका ५, कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा उनको निधन भएको हो ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४६प ७७५९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग.१ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो ।

दुर्घटनामा सख्त घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । भरतपुर महानगरपालिका १७, बनगाईका पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि थिए ।

नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन् । चितवन कांग्रेसका सभापति राजेश्वर खनालका अनुसार पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आएका हुन् ।

२०३६ सालमा पौडेल विद्यार्थी नेता हुँदै गर्दा वनारसबाट बीपी कोइरालाको सन्देश लिएर नेपाल आउँथे । नेता पौडेलले साबिक चितवन क्षेत्र नम्बर ४ को दुईपटक क्षेत्रीय सभापति भएर काम गरेका थिए । उनको निधनमा नेपाली कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ ।