मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्रहरीको ‘अपरेशन केक’: लागूऔषधका तीन कारोबारी पक्राउ

प्रहरीको ‘अपरेशन केक’: लागूऔषधका तीन कारोबारी पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अवैध लागूऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ‘अपरेशन केक’ सुरू गरेको छ ।

उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ । अपरेशन केक जारी रहने ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार यही पुस २२ मा काठमाडौंमा विशन मानन्धर पक्राउ परेका थिए । ब्युरोले टोली परिचालन गरी मङ्गलबार थप दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको उनले बताए । पक्राउ पर्नेमा काठमाडौंको सोह्रखुट्टेका २६ वर्षीय मोहमद फाजिल र काठमाडौंको दक्षिणकाली नगरपालिका–३ का २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।

दुवै जनाले ललितपुरको एकान्तकुनामा घर भाडामा लिई केक र कुकिजमा गाँजा मिसाएर कारोबार गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक जोशीले बताए ।

प्रहरीले उनीहरूको कोठाबाट एक किलो एक सय ग्राम गाँजा, एक किलो पाँच सय ६८ किलो डाँठसहितको गाँजा, बिक्री गर्न राखेको एक किलो नौ सय ग्राम केक, एक थान माइक्रोओभन, नौ सय ग्राम बटर तथा एक किलो तीन सय ग्राम कुकिज बरामद गरेको छ ।

फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।