मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

नुवाकोट । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छन् ।

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले शनिबार नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले केही समयअघि रोजगारीका लागि मात्र विदेश जाने गरेकोमा अहिले अध्ययनका पनि विदेशिनेको सङ्ख्या धेरै भएकाले त्यसलाई कम गर्नका लागि विशेष पहल आवश्यक भएको बताए ।

Advertisement

“स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार गम्भीर हुनुपर्छ”, उनले भनिन्, “दक्ष जनशक्तिलाई स्वदेशमा फर्काउने नीति ल्याउनुपर्छ ।”

नेपालको भूमि विश्वमै उत्कृष्ट भए पनि यहाँको प्राकृतिक स्रोतको उपयोग र उब्जनीयुक्त भूमिको उपयोगबाट मुलुकलाई आर्थिकरूपमा समृद्धि बनाउनतर्फ तीनै तहका सरकारलाई गम्भीर बन्न उनले ध्यानाकर्षण गराइन् ।

सो अवसरमा ‘यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ले शैक्षिकसत्र २०७८ /७९ मा नुवाकोट र रसुवाको सामुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शैक्षिक गुणस्तर सुधार गर्ने विद्यालयलाई नगदसहित सम्मान गरेको थियो ।

शेयर गर्नुहोस:

108
Shares