मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय बढी पुग्यो, २११ जना बेपत्ता

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय बढी पुग्यो, २११ जना बेपत्ता


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

टोकियो । जापानको इसिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इसिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।

यसैबीच भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११० तथा बेपत्ता हुनेको सङ्ख्या २१० पुगेको एएफपीले जनाएको छ ।

Advertisement

भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय सहर बाजिमामा ५९ जनाको मृत्युको पुष्टि भएको छ । भवन भत्किँदा बाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरणहरू आइरहेका छन् ।

जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः२५ बजे नोटो क्षेत्रमा पुनः ५.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यस क्षेत्रमा शनिबार वर्षाको सम्भावना रहेकोले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।

जापानको राष्ट्रिय समाचार संस्था (क्योदो) का अनुसार भूकम्पका कारण इसिकावाका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । स्थानीय समयअनुसार शनिबारसम्म २४ हजार घरधुरीले विद्युत अवरोधको सामना गर्नुपरेको छ । १४ वटा सहरका ६६ हजार घरधुरी खानेपानी विहीनताको अवस्थामा छन् । सिन्ह्वा

वाजिमाबाट ३० किलोमिटर पूर्व–उत्तरपूर्वमा केन्द्रित भएको विनाशकारी भूकम्पको अधिकतम तीव्रता ७ रेक्टर रहेको थियो ।

शेयर गर्नुहोस:

189
Shares