मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान

गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।

अक्टोबर ७ मा प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह ९हमास०ले इजरायलको दक्षिणी सिमानामा गरेको भयानक आक्रमणको तीन महिनासम्म पनि गाजा मृत्यु र निराशाको थलो बनेको उनले शुक्रबार बताएका हुन् ।

उनले भने, ‘हामी गाजाका जनता र यसका खतरामा परेका छिमेकीहरूका लागि मात्र होइन, तर भावी पुस्ताका लागि पनि युद्धको तत्काल अन्त्यको माग गर्दछौँ । युद्धले यी ९० दिनको कहालिलाग्दो हिंसा र मानवतासम्बन्धी सबैभन्दा आधारभूत नियमहरूमाथिको आक्रमणलाई कहिल्यै बिर्सने छैनन् ।’

‘यो समय युद्धरत पक्षहरूले नागरिकहरूको सुरक्षा र आधारभूत आवश्यकताहरू पूरा गर्न र सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्ने अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना सबै दायित्वहरू पूरा गर्ने समय हो,’ उनले भने ।

अन्तर्राष्ट्रिय समुदायले आफ्नो सम्पूर्ण प्रभाव प्रयोग गरेर युद्धरत पक्षलाई युद्धविराम गर्नका लागि दवाव दिने वेला आएको छ ।

युद्धभएको करिब तीन महिना बितिसक्दा पनि गाजाको मानवीय अवस्था दयनीय छ । अधिकांश महिला र बालबालिकाहरूसहित करिब २३ हजार मानिस मारिएका छन्, दशौँ हजार व्यक्ति घाइते भएका छन् भने लाखौँ व्यक्ति यद्धका कारण विस्थापित र प्रभावित भएका छन् ।

तापक्रम घटेसँगै विस्थापित परिवारहरु खुला ठाउँमा सुतिरहेका छन् । सर्वसाधारणलाई आफ्नो सुरक्षाका लागि अन्यत्र सार्न भनिएको क्षेत्रमा बमबारी भएको छ । चिकित्सा संस्थाहरू निरन्तर आक्रमणमा परेका छन् ।

आंशिक रूपमा सञ्चालनमा रहेका केही अस्पतालहरू ट्रमाका बिरामीहरूले भरिएका छन्, सबै आपूर्तिहरूको गम्भीर अभाव छ, र सुरक्षाको खोजीमा मानिसहरूल हताश बनेका छन् । जनस्वास्थ्यमा विपत्ति आइपरेको छ । भीडभाड हुने आश्रयस्थलहरूमा ढलहरू बग्दै जाँदा सङ्क्रामक रोगहरू फैलिरहेका छन् । यो अस्तव्यस्तताका बीच दैनिक करिब १८० प्यालेस्टिनी महिलाले बच्चा जन्माइरहेका छन् ।

मानिसहरूले अहिलेसम्मकै उच्च स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । भोकमरीको जोखिम नजिकिएको छ ।विशेष गरी बच्चाहरूको लागि, विगत १२ हप्ताहरू निकै दर्दनाक बनेका छन् । उनीहरूका लागि कुनै खाना छैन । पानी छैन । विद्यालय छैन ।

उनले भने, ‘युद्धको डरलाग्दो आवाजबाहेक दिनदिनै अरू केही सुनिँदैन’, ग्रिफिथ्सले भने, ‘त्यहाँका मानिसहरूले आफ्नो अस्तित्वका लागि दिनहुँ खतराहरू देखिरहेका छन् र संसारले हेरिरहेको छ ।’ (रासस/एएफपी)

शेयर गर्नुहोस:

108
Shares