मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

बालकुमारी घटना : पीडित पक्ष र सरकारबीच चार बुँदे सहमति

बालकुमारी घटना : पीडित पक्ष र सरकारबीच चार बुँदे सहमति

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रबार प्रहरीसँगको झडपमा ज्यान गुमाएका दुई जना युवाका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ ।

शुक्रबार ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवार र सरकारबीच चार बुँदे सहमति भएको हो ।

सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि उक्त चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिअनुसार सरकारले मृतक दुवै युवाका परिवारसँगको सल्लाहमा १/१ जनालाई उपयुक्त रोजगारी यथाशिघ्र उपलब्ध गराउने भएको छ ।

त्यस्तै सरकारले घोषणा गरेको जनही १०/१० लाख रुपैयाँ राहत पनि यथाशिघ्र उपलब्ध गराउने प्रतिबद्धता सरकारले गरेको छ । सहमतिअनुसार मृतक वीरेन्द्र र सुजनलाई शहीद घोषणा गर्न आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने भएको छ ।

सहमतिपछि मृतकका परिवारले सोमबार नै शव बुझिलिने भएका छन् । मृतकहरूको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था गृह मन्त्रालयले गरिदिने भएको छ । यस्तै दुई युवाको ज्यान गएको घटना छानबिनका लागि सोमबारको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ ।

सरकारले यसअघि नै मृतकका परिवारका सदस्यलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

यस्तो छ सहमति :

१) मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने ।

२) सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने ।

३) मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने ।

४) मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने ।