मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विपीनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

विपीनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपीन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।

आइतबार महेन्द्रनगरमा आयोजित एक कार्यंक्रममा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निरन्तर पहल गरिरहेको बताए।

“इजरायल सरकारसँग पनि विपीनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ”, उनले भने, “प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।” उनले दोस्रो युद्ध विराममा विपीनको रिहाइ हुनेमा आश्वस्त पारे।

त्यस अवसरमा विपीनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी विपीनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए। “कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा छ”, उनले भने, “पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपिनको रिहाइ हुनेमा आशावादी छौँ।”

उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे। मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्धसमेत सन्तुलितरुपमा अघि बढिरहेको दाबी गरे। “अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो”, मन्त्री साउदले भने, “परराष्ट्र नीति छमेकीहरुलाई प्राथमिकता दिएर सन्तुलितरुपमा अघि बढिरहेको छ।”

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट विद्युत नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले विद्युत खरिद गर्ने विषयमा दुईदेश बीचसम्झौता भएको उल्लेख गरे।