मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
राजनीति-समाज   

बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरूङ

बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरूङ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

वालिङ। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन्।

स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट-६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, ‘बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ। नेतृत्वको परीक्षण कामको मूल्यांकनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी छ।’

छोटो सम्बोधन गरेका मन्त्री गुरूङले स्थानीय सरकारका रुपमा चापाकोट नगरपालिकाले गाउँ-गाउँका नागरिकलाई लक्षित गरी वडा-वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताए। स्याङ्जाको चापाकोट नगरपालिकाले प्रत्येक वडामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरू गरिएको छ।

नगरवासीलाई आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने मुख्य उद्देश्यसहित आजबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख देवबहादुर खाणले बताए। आज वडा नं ६ को साँखर स्वास्थ्य चौकीबाट सुरु भएको स्वास्थ्य शिविर पुस २७ गते वडा नं ९ को चापाकोट अस्पतालमा आएर सकिने छ। वडामा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा केन्द्रबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएको हो।

शिविरमा विशेषगरी निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्सरे, इसिजी, परिवार नियोजन, आँखा परीक्षण, दन्त परीक्षण, प्रयोगशाला र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने भएको हो।

शेयर गर्नुहोस:

54
Shares