मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

चितवनका दुई नेपालीलाई अपहरण गर्ने छ जना भारतीय पक्राउ

चितवनका दुई नेपालीलाई अपहरण गर्ने छ जना भारतीय पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दुई नेपालीको अपहरण गरेको आरोपमा भारतबाट छ जना अपहरणकारी पक्राउ परेका छन् । चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा छ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा रामनरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् ।

उनका अनुसार गत पुस ५ गते थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए । तर पुस ७ गते बेलुका एकाएक थापाले आफ्नो फेसबुक मेसेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ माग भएको भन्दै जानकारी गराएका थिए ।

सो सूचना प्रहरी कार्यालय भरतपुरका साथै जिल्ला प्रहरी कार्यालय बारामा पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गरेकामा पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले अपहरणमा परेका थापा र महतलाई सीतामढीबाट सकुशल उद्धार गरेको गिरीले बताइन् ।

भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ । पीडितलाई प्रहरीले नेपाल ल्याएर आफन्तको जिम्मा लगाइसकेको जनाएको छ ।