मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

शनिबार दिउँसो काठमाडौँको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अब सुरू हुने नयाँ अधिवेशनको पहिलो काम नै सत्य निरूपण र शिक्षा ऐन संसदबाट पारित गराउन पहल गर्ने बताए।

‘तपाईंहरू धेरैलाई संघीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ। अहिले संसद अधिवेशन समापन भएको छ। नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र संघीय शिक्षा ऐन संसदबाट पारित गराउन पहल हुन्छ। यो ऐन सरकारको उच्च प्राथमिकतामा छ,’ उनले भने।

शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट दिएको दबाबले पनि सरकारलाई सहयोग पुगेको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए। शिक्षा ऐनमा शिक्षकहरूले मस्यौदामा दिएका सुझावहरू समेटिने र जायज तथा सम्भव मागहरू सम्बोधन गरिने उनले बताए ।