मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसीज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रौतहट महिला फुटबल एकेडमीलाई १–० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो ।

नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दी म्याच बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।

च्याम्पियन बनेको धनगढीले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित रौतहटले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दी टुर्नामेन्ट बनिन् । उनले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरिन् ।

धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोल किपर, रौतहटकी समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा रानामगर उत्कृष्ट मिड फिल्डर र धनगढीकी ममता पुनमगर उत्कृष्ट फर्वाड घोषित भए । यस्तै, धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरे ।

नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आठ टोली सहभागी थिए ।