मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   
टेक्सस   

ह्युस्टनमा देवकोटा जयन्ती तथा देउसी-भैलो

ह्युस्टनमा देवकोटा जयन्ती तथा देउसी-भैलो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती तथा देउसी भैलो कार्यक्रम टेक्ससको ह्युस्टनमा हालै सम्पन्न भएकोछ। ग्रेटर ह्युस्टनस्थित श्री पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा अमेरिकामै जन्मे हुर्केका साना बालबालिकाहरुले नेपाली राष्ट्रिय गान लगायत विभिन्न साहित्यिक प्रस्तुतिहरु समेत दिएका थिए।

प्रवासमा नेपाली भाषा, संस्कृति र चाडवाडहरुको निरन्तरता कायम गर्ने अनेसास लगायतका नेपाली संघसंस्थाहरुको प्रयासमा साना बालबालिकाहरुको सहभागिता निकै महत्वपूर्ण हुने गर्दछ। अमेरिका लगायत प्रवासमा नेपालीपनको जगेर्ना हुने भनेकै प्रवासमा हुर्किरहेको दोश्रो पुस्तामा नेपाली भाषा-संस्कृति प्रतिको माया एवं लगाव बढाएर हुने हो।

यसै सन्दर्भमा नेपाली समुदायले अहिले गरिरहेको स-साना तर नेपालीपन झल्कने मौलिक गतिविधिहरुमा बालबालिकाहरुको सहभागिताले आउँदो पुस्ताले पनि प्रवासमा नेपाल र नेपालीको अस्तित्व बचाउने विश्वास बढाएको छ।

प्रोमिथियस त्रिपाठी , सार्थक बराल , इप्सीत आचार्य, पृथक त्रिपाठी , इशानी कडेल, रश्मि अर्याल, प्रेग्मा कडेल, नशिरा सुबेदी लगायतका २२ जना बाल प्रतिभाहरुले कविता, गीत, नृत्य तथा लक्ष्मी प्रसाद देवकोटाका रचना बाचनका साथै देउसी-भैलो समेत प्रसतुत गरेर त्यस्तो संभावनालाई थप मजबुत बनाएको महशुस कार्यक्रममा सहभागी अभिभावकहरुले गरेका थिए।

कार्यक्रममा महाकवि देवकोटाको बारेमा चर्चा गरिनुका अतिरिक्त अनेसास ह्युस्टन च्याप्टरका उपाध्यक्ष मुना पौडेलले लक्ष्मी पूजा कसरी गरिन्छ र देउसी भैलो किन खेलिन्छ भन्ने बारेमा बालबालिकालाई बताएकी थिइन्।

सोही अवसरमा महाकवि देवकोटाको प्रसिद्ध संग्रह मुनामदनको एक अंशमा कलाकारहरु अमृत लामिछाने (मदनको भूमिकामा) , सदीक्षा रेग्मी ( मुनाको भूमिकामा ) तथा मुना पौड्याल ( आमाको भूमिकामा) द्वारा निकै आकर्षक लघु नाटक प्रस्तुत गरिएको थियो भने सहभागी महिलाहरुले निकै आकर्षक भैलो प्रस्तुत गरेका थिए।

अनेसास ह्युस्टन च्याप्टरका अध्यक्ष सतिश त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्क्रमको संचालन सचिव निलहरि आचार्यले गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्ष बासु पौडेल, उपाध्यक्ष साधना शर्मा महासचिव मोदनाथ सादा लगायतले महाकवि देवकोटा र तिहार पर्वका बारेमा मन्तव्य राखेका थिए।