मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता

स्वर्ण पदक विजेता खेलाडी स्वदेश फिर्ता


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली मंगलबार स्वदेश फर्किएका छन् ।

बङ्गलादेशको राजधानी ढाकामा यही कात्तिक १३ देखि १९ गतेसम्म भएको उक्त प्रतियोगितामा रबिन्स तामाङले नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपको सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा रविन्सले नेपाललाई दुई स्वर्ण पदक दिलाएका हुन ।

त्यस्तै पुरुष ८८ केजीभन्दा माथिको तौल समूहमा सिजेश श्रेष्ठले नेपाललाई दुई काँस्य पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले मात्र सहभागिता जनाएका थिए ।

पदक विजेता टोलीलाई साम्बो फेडेरेसनका कार्यबाहक अध्यक्ष पुरुषोत्तम सिम्खडा, उपाध्यक्ष बाबुराजा महर्जन, महासचिव उत्तम श्रेष्ठ, उपमहासचिव कृष्णबहादुर राउतलगायतले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

शेयर गर्नुहोस:

108
Shares