मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

यसपटक एकद्वार प्रणालीबाट राहत वितरण गरिने, इच्छुक व्यक्तिले उद्धार कोषमा रकम जम्मा गर्न सकिने

यसपटक एकद्वार प्रणालीबाट राहत वितरण गरिने, इच्छुक व्यक्तिले उद्धार कोषमा रकम जम्मा गर्न सकिने


शेयर गर्नुहोस:

675
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल सरकारले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पको विपद्पछिको उद्धार, राहत र पुनःनिर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई आग्रह गरेको छ ।

विसं २०७२ सालको भूकम्पका समयमा जसरी राहतको दुरुपयोग रोक लगाउँदै यसपटक एकद्वार प्रणालीबाट केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने व्यवस्था गरिने सरकारले जनाएको छ ।

सरकारले भूकम्पबाट भएको क्षति, उद्धार तथा राहतका लागि मानवीय सहयोग गर्न चाहने इच्छुक संघसंस्था एवं महानुभावलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्न सकिने जनाएको छ ।

शेयर गर्नुहोस:

675
Shares