मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
ग्लोबल   

एनआरएनए चुनावी नतिजा औपचारिक सार्वजनिक हुन अझै दुई साता लाग्न सक्ने

एनआरएनए चुनावी नतिजा औपचारिक सार्वजनिक हुन अझै दुई साता लाग्न सक्ने

पहिले हारेका डा. केशव पौडेलले जिते

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि भएको निर्वाचनको नतिजा दुई दिन हुँदा पनि औपचारिकरुपमा सार्वजनिक गरिएको छैन ।

एनआरएनएले औपचारिकरुपमा नतिजामा प्राविधिक त्रुटि भएको विज्ञप्ति सार्वजनिक गरेको छ । तर, के कस्ता समस्याले नतिजा औपचारिक नगरिएको हो कुनै जानकारी दिएको छैन ।

उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलको काठमाडौँ केन्द्रबाट हालिएको करिब आठ सय मतमा शून्य आएपछि विवाद सुरू भएको थियो । अध्यक्ष पदका पराजित उम्मेदवारले यो निर्वाचन स्वीकार गर्न नसक्ने बताएका छन् ।

पहिले पराजित भएका भनिएका डा. पौडेल भने विजयी भएको अनौपचारिकरुपमा सार्वजनिक गरिएको छ । केशवको स्पेलिङ फरक परेकाले शून्य मत देखिएको बताइएको छ । यो पनि औपचारिक जानकारी भने होइन ।

विवादका कारण शपथ ग्रहण र नेतृत्व हस्तान्तरण पनि रोकिएको छ । अध्यक्षमा जितेका डा. बद्री केसी र उनको समूह शपथ लिन तयार भए पनि निर्वाचन कमिटीले अनलाइन भोटको जिम्मेवारी लिएको भेरो कम्पनीबाट पूर्ण जानकारी नआई अन्तिम नतिजा नदिने बताएपछि शपथ रोकिएको हो ।

निर्वाचन कमिटीले छानबिनका लागि १५ दिनको समय मागेको बताइएको छ । डा केसी भने यसको पक्षमा थिएनन् । निर्वाचनमा आएको विवादले एनआरएनएको साख भने गिराएको छ । अमेरिकामा पनि अनलाइनमार्फत निर्वाचन हुँदा निर्वाचन कमिटीले विवादका कारण नतिजा सार्वजनिक गर्न ढिलाई गरेको थियो ।

स्मार्ट एनआरएनए बनाउन अनलाइन भोटिङ प्रणाली अवलम्वन गरिएको थियो । यसले झन विवाद सृजना गरेको हो ।

नवगठित एनआरएनएको समानान्तर समितिका पदाधिकारीद्वारा पद बहाली