मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

एकैदिन एक लाखले छाडे काठमाडौँ उपत्यका

एकैदिन एक लाखले छाडे काठमाडौँ उपत्यका


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढिरहेको छ । पछिल्लो २४ घन्टामा एक लाखले उपत्यका छाडेका छन् ।

शुक्रबार बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घन्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उनले बताए ।

Advertisement

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको संख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिए । उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो संख्या बढेको हो ।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन् ।

आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए । निजी सवारीसाधनमार्फत जानेहरूको संख्या गणना नहुने भएकाले अझै धेरै संख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

54
Shares