मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रक्त सञ्चार केन्द्र रत्ननगरलाई क्लिनिक नेपालको उपकरण सहयोग

रक्त सञ्चार केन्द्र रत्ननगरलाई क्लिनिक नेपालको उपकरण सहयोग

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर–२७, मेघौलीमा रहेको क्लिनिक नेपाल चितवनद्वारा रत्ननगर नगरपालिकाले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ ।

क्लिनिक नेपाल चितवनका अध्यक्ष हरि भण्डारीले रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटालाई सेन्ट्रिफ्युज मेसिन, माइक्रोस्कोप, हेमाटोलोजी एनालाइजर र डिजिटल इन्क्युवेटर गरी सात लाख ४४ हजार २३३ रुपैयाँबराबरका चार थान उपकरण हस्तान्तरण गरेका हुन् ।

उपकरण ग्रहण गर्दै नगरप्रमुख सापकोटाले रत्ननगर नगरपालिकाले विगत दस महिनाअघिदेखि ब्लड बैंक स्थापनाका लागि प्रयास गरेकोमा अहिले अन्तिम चरणमा पुगेको बताए । ब्लड बैंकका लागि २४ लाख रुपैयाँको उपकरण खरिद गर्ने प्रक्रियामा रहेको बेला क्लिनिक नेपालले अति आवश्यक उपकरण सहयोग गरेकोमा आभार प्रकट गरे ।

उनले पूर्वी चितवनका चारवटा पालिकालाई रगतको अभाव हुन नदिन ब्लड बैंक स्थापना गरिएको बताउँदै नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखा परिसरमा सञ्चालन हुने रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा क्लिनिक नेपालका अध्यक्ष भण्डारीले रत्ननगर नगरपालिकाको अगुवाइमा स्थापना हुन लागेको रक्त सञ्चार केन्द्रबाट धेरै मानिसलाई सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै आफ्नो संस्थाले पनि हातेमालो गर्दै सानो सहयोग गरेको बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपाने, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, सिअहेव निरीक्षक बासुदेव सापकोटा, जिसस सदस्य सञ्जीव पौडेल, भरतपुर–२७ का वडाध्यक्ष एवं क्लिनिक नेपालका संस्थापक राम भण्डारी, संस्थाका सदस्य सिर्जना भण्डारी, कुलनारायण श्रेष्ठ, रनपाका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।