मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कुवेत बस्ने नेपाली समूहद्वारा असहाय वृद्ध कल्याण समाजलाई सहयोग

कुवेत बस्ने नेपाली समूहद्वारा असहाय वृद्ध कल्याण समाजलाई सहयोग

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपालमा घर भई कुवेतमा कर्मथलो बनाएका नेपालीहरुको समूहले पूर्व–पश्चिम मेची महाकाली अनलाइन रोधी घरमार्फत संकलन गरेको रकमबाट चितवनको रत्ननगर–१३, अमेलियामा रहेको असहाय वृद्ध कल्याण समाजलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ ।

पूर्व–पश्चिम मेची महाकाली अनलाइन रोधी घरका अभियन्ता सानु तामाङ, टिना तामाङ, देवी पुडासैनी, प्रमिला श्रेष्ठ, शान्ति वर्देवा, दिनेश सिलवाल, रामबहादुर गुरूङ, दिपेन्द्र श्रेष्ठ, जिएम करण, जीवन खतिवडा, सन्तोष देवकोटा, सङ्गीत मगर र बसन्तराज मल्लबाट ४५ हजार ६०० रुपैयाँ संकलन भएको थियो ।

सो रकममध्येबाट चामल, दाल, तेल, सावुन, मसला, बिस्कुटलगायत खाद्यान्न सामग्री र नगद ७ हजार ७०० रुपैयाँ पूर्व–पश्चिम मेची महाकाली अनलाइन रोधी घरका अभियन्ता रत्ननगर–१४ निवासी रामबहादुर गुरूङले एक कार्यक्रमका बीच असहाय वृद्ध कल्याण समाजका व्यवस्थापक सुनिता पौडेललाई हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण गर्दै अभियन्ता गुरूङले विदेशी भूमिमा रहेर कर्म गरे पनि नेपालका संघसंस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि सहयोगी मनहरुबाट रकम संकलन गरी सामाजिक उत्तरदायित्व वहन गर्न सदैव तत्पर रहेको उनले बताए ।

असहाय र परिवारबाट अपहेलित भएका वृद्धवृद्धाहरुलाई आश्रय दिँदै आएको असहाय वृद्ध कल्याण समाजका लागि परोपकारी मन भएका सहृदयी अभियन्ताहरुले गरेको सहयोगप्रति व्यवस्थापक पौडेलले आभार व्यक्त गरिन् ।

कार्यक्रममा जुना तामाङ, समाजसेवी गोकर्ण घिमिरे, विनोद अधिकारीलगायतको सहभागिता रहेको थियो ।