मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सुन तस्करी प्रकरण : राहुल महरासहित चार जनाविरुद्ध मुद्दा

सुन तस्करी प्रकरण : राहुल महरासहित चार जनाविरुद्ध मुद्दा

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दर्ता भएको छ। बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

सिआइबीको सिफारिसअनुसार सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा भन्ने रेशमबहादुर महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

राहुल महरासँगै तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सिआइबीले राय दिएको हो। भियना होटलका मालिक दावा छिरिङ भने हाल राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन प्रकरणमा समेत संलग्न रहेकाले पुर्पक्षका लागि थुनामा छन्।

सिआइबीले भेप प्रकरणमा एक जनालाई फरार सूचीमा राखेको छ। भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो कायम गर्न पनि सिआइबीले सुझाएको छ। २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिक ली हासोङको योजनामा भेपमा लुकाएर ल्याइएको ९ किलो सुन भेटिएको थियो।