मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्रधानमन्त्रीद्वारा बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी सम्मानित

प्रधानमन्त्रीद्वारा बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी सम्मानित

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरका उत्कृष्ट मन्त्रीको रूपमा सम्मानित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो ।

जोशीलाई मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस एवं सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका हुन् । मन्त्री जोशी गत जेठ ७ गते बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए ।

मन्त्री जोशीले आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालहरुमा विपन्नलाई निःशुल्क उपचारको निर्णय गरेका छन् । यस्तै, क्यान्सर तथा हृदयघातका बिरामीहरुलाई उपचारमा छूट दिने निर्णयसमेत गरेका थिए । प्रदेशभित्रका सहिद परिवार, जनयुद्ध–जनआन्दोलनका घाइते, विपद्मा परेका तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरुलाई पनि निःशुल्क उपचार सेवाको निर्णय गरेका छन् ।

यस्तै, उनले प्रादेशिक अस्पतालहरुलाई ६५ वर्षमाथिका तथा विपन्नलाई निःशुल्क दन्त उपचार सेवा र प्यारालाइसिस भएकाहरुलाई प्रादेशिक आयुर्वेदिक अस्पतालमा निःशुल्क थेरापीको व्यवस्था पनि गरेका छन् । मन्त्री नियुक्त भएपछि नै जोशीले प्रदेशअन्तर्गतका १३ वटै जिल्लाका आश्रममा आश्रित, अपाङ्गता, सीमान्तकृत तथा लोपोन्मुख जातिहरुको निःशुल्क बिमा, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५० प्रतिशत अग्रिम भुक्तानी गरी बिमाको व्यवस्थासमेत गरेका थिए ।

जोशीका यिनै कार्यहरुलाई मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले सम्मानित गरेका हुन् ।