मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सौराहामा आइएफजिएफका उपसभापति सिमन हाङको स्वागत

सौराहामा आइएफजिएफका उपसभापति सिमन हाङको स्वागत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सौराहा । नेपाल स्काउट गाइड फेलोसिप (एनएफजिफ)को आयोजनामा अन्तर्राष्ट्रिय स्काउट गाइड फेलोसिप (आइएफजिएफ), एसिया प्रशान्त क्षेत्रका उपसभापति सिमन हाङ बक–रीको प्रमुख आतिथ्यतामा अन्तक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल भ्रमणमा आएका कोरियाका सिमन हाङलाई स्वागत तथा सम्मान गर्दै एनएफजिफका कार्यबाहक सभापति एवं उपसभापति तीर्थराज न्यौपानेले एनएफजिफका गतिविधिहरु प्रकाश पार्दै नेपाल स्काउटको अभिभावकीय संस्थाका रुपमा अगाडि बढाउँदै सक्रियरूपमा अगाडि बढाइएको बताए ।

आइएफजिएफका उपसभापति सिमन हाङले नेपाल र कोरियाको इतिहास लगभग उस्तै रहेको र दुवै देशले गणतान्त्रिक व्यवस्था अवलम्बन गरेको बताउँदै बुद्ध जन्मिएको देश र हिमालयको देशका रुपमा नेपाल एसियाकै अग्रपंक्तिमा रहेको बताए । दक्षिण कोरियाका नागरिकको भ्रमणको पहिलो रोजाइ पनि नेपाल नै रहेको चर्चा गर्दै बिदाको समयमा घुम्न कोरियनहरु नेपाल आउन इच्छुक रहेको बताए ।

अन्तर्राष्ट्रिय स्काउट सक्रिय गतिविधिका लागि र अन्तर्राष्ट्रिय स्काउट गाइड फेलोसिप अवकास जीवनमा पनि सक्रिय रहनका लागि स्थापित भएको बताए । यस संस्थामा स्काउटमा नरहेका व्यक्ति र जुनसुकै उमेर समूहका व्यक्ति पनि आवद्ध हुनसक्ने उनले बताए ।

एनएफजिएफका अन्तर्राष्ट्रिय सचिव एवं रत्ननगर नगरपालिकाका आयुक्त बैकुण्ठ मरहट्ठाले सन् २०२४ मा स्पेनमा हुन लागेको ३०औँ युवा स्काउट तथा गाइड फेलोसिपको अन्तर्राष्ट्रिय सम्मेलनमा तीर्थराज न्यौपानेको नेतृत्वमा भाग लिन जाने टोलीको बारेमा आइएफजिफका उपसभापति सिमन हाङलाई अवगत गराए । उनले कोरिया स्काउट र नेपाल स्काउटबीच भगिनी सम्बन्ध स्थापित गर्न र प्रशिक्षक आदानप्रदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सिमन हाङले सहभागी स्काउट फेलोसिपहरुलाई आइएफजिफको लोगो, व्याच र मायाको चिनो प्रदान गरेका थिए । यस्तै, एनएफजिफबाट करुवा उपहार प्रदान गरिएको थियो ।