मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउँछौँ : मन्त्री शर्मा

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउँछौँ : मन्त्री शर्मा


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ छिट्टै ल्याउने तयारी गरिरहेको जानकारी दिएकी छन्।

प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी आजदेखि सुरु गरेको तीन दिने ‘एड्भान्स पत्रकारिता तालिम’को सुरुवात गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालमा सद्भाव खलबलिने किसिमको समाचार नलेख्न आग्रह गरिन्। मन्त्री शर्माले तालिमले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरिन्।

उनले भनिन, “एकाउन्न प्रतिशत महिला रहेको देशमा पत्रकारिता क्षेत्रमा आबद्ध महिलालाई सक्षम बनाउन जरुरी छ ।” उनले महत्वपूर्ण ‘विट’मा पत्रकार महिलाको सहभागिता बढाउनसमेत आग्रह गरिन्। मन्त्री शर्माले बागमती प्रदेशसँगै अन्य प्रदेशमा पनि यस प्रकारका तालिम सञ्चालन गर्न प्रेस काउन्सिललाई अनुरोध गरिन्।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकार महिलालाई लक्षित गरी प्रविधि क्षमता वृद्धि गर्न तालिम सञ्चालन गरेको बताए। उनले समावेशी पत्रकारिता बनाउनका लागि महिलालाई सक्षम, सबल र दक्ष बनाउन यस तालिमले सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलालाई विस्थापित हुनबाट बचाउन प्रविधिमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको जानकारी दिए। उनले भने, “नेपाली पत्रकारितामा महिलाको सङ्ख्या २१ प्रतिशत रहेको र यो सङ्ख्या बढाउन तालिमले सहयोग पुर्याउनेछ।”

पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालले तालिम सञ्चालन गरेको हो। असोज २४ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका २० महिला पत्रकार सहभागी छन् । रासस

शेयर गर्नुहोस:

189
Shares