मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

दोलखा सुन तस्करी प्रकरण : काठमाडौँबाट थप एक जना चिनियाँ पक्राउ

दोलखा सुन तस्करी प्रकरण : काठमाडौँबाट थप एक जना चिनियाँ पक्राउ


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौँको स्वयम्भूबाट बुधबार थप एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चीनको सिचुवानका तासी दावा भनिने आगर लामा रहेको सिआइबी का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार दोलखा सुन तस्करीमा निजको संलग्नताको अनुसन्धानका लागि निजलाई आज स्वयम्भूबाट पक्राउ गरिएको हो।

Advertisement

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको सिआइबीले जनाएको छ। यसअघि सीआइबीले काठमाडौँका विभिन्न स्थानबाट एक जना चिनियाँ नागरिकसहित तीन जना नेपालीलाई पक्राउ गरेको थियो।

यही असोज ११ पहिलोपटक दोलखाको सिङ्गटीमा ४ किलो सुन बरामद गरिएको थियो। त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिङ्गटीबाट ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस:

81
Shares