मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

नेपाल एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा

नेपाल एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा

अभिनाश बने छ विकेट लिने पहिलो बलर

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिएसँगै नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानमध्ये एउटासँग खेल्ने छ ।

चीनको हाङ्झाउमा आइतबार टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१२ रन बनाएको थियो । २१३ रनको विजय लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १९ दशमलव चार ओभरमा मात्र ७४ रनमा समेटियो ।

यस क्रममा नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिए । उनले तीन दशमलव चार ओभर बलिङ गर्दै मात्र ११ रन खर्चे । टि २० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेट लिने बोहरा पहिलो नेपाली बलर हुन् । यसअघि टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान पाँच–पाँच विकेट लिएका थिए ।

आइतबार नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक–एक विकेट लिए । माल्दिभ्सका लागि ब्याटिङ गर्ने क्रममा मुएवियाथ अब्दुल घानीले ३४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाए । यस्तै राशिद राशमले १२ तथा सिउस फरिदले १० रन बनाए ।

यसअघि नेपालका कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले । यस्तै कुशल मल्लले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । कुशल भुर्तेलले १८ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन, गुलशन झाले २१ बलमा एक चौका र तीन छक्कासहित ३५ रन तथा विनोद भण्डारीले १५ बलमा एक चौकासहित १३ रन बनाए ।

बलिङतर्फ माल्दिभ्सका बदिउ इस्माइल नाजवानले तीन विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियालाई २७३ रनले पराजित गरेको थियो । समूह ‘ए’ बाट अपराजित रहँदै नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । समूह ‘ए’मा रहेका मङ्गोलिया र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

पाँच टेस्ट मुलुक भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का र अफगानिस्तानले सोझै क्वाटरफाइनलमा मौका पाएका छन् । समूह ‘बी’बाट हङकङ क्वाटरफाइनलमा प्रवेश गरेको छ भने समूह ‘सी’बाट क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीको टुङ्गो लागेको छैन । रासस