मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण’ : नेता केसी

‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण’ : नेता केसी

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले काठमाडौँमा आयोजना गरेको शोकसभामा नेता केसीले पत्रकारितामार्फत सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताए ।

“सत्य, तथ्य र विश्वसनीय समाचारले मात्र लोकतन्त्र बलियो बन्नसक्छ, उत्तेजना र आवेगमा आएर कसैको चरित्रहत्या गर्नुहुँदैन,” नेता केसीले भने । उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्त्व भएकाले यसको संरक्षणमा कांग्रेस लाग्ने प्रतिबद्धता जनाए ।

नेता केसीले पत्रकारिताको माध्यमबाट सञ्चारकर्मीले मुलुकको परिवेशको उजागर गरेकोमा प्रसंशा गर्दै आगामी दिनमा लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनको विकासमा स्वर्गीय अधिकारीले खेलको भूमिका अविस्मरणीय रहेको स्मरण गरे । स्वर्गीय अधिकारीले जुन लक्ष्य र उद्देश्यका साथ प्रेस युनियन चितवनको स्थापना गरे त्यो पूरा हुन नसकेकाले अझै पनि आफ्नो हक र अधिकारका लागि पत्रकारहरु सशक्त भएर अगाडि बढ्नुपर्ने बेला आएको उनले उल्लेख गरे । र्नु

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्वर्गीय अधिकारीले चितवनको संस्थागत पत्रकारिताको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । अधिकारीले चितवनमा पत्रकारिता क्षेत्रको विकासमा ठूलो भूमिका खेलेको उनको भनाइ थियो ।

नेपाल प्रेस युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले चितवनमा पत्रकारिताको माध्यमबाट भएको परिवर्तनमा स्वर्गीय अधिकारीको ठूलो भूमिका रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी सचिव सिर्जना अर्याल, पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस युनियन चितवनका पूर्वअध्यक्ष बसन्त पराजुलीलगायतको सहभागिता थियो । स्वर्गीय अधिकारी चितवनबाट प्रकाशित हुने प्रवाह साप्ताहिकको प्रकाशक तथा सम्पादक थिए । विस २००४ सालमा जन्मिएका अधिकारीको विस २०८० असोज २ गते काठमाडौँमा निधन भएको थियो ।