मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

विदेशमा हुँदा पिताको मुख हेर्ने दिन

विदेशमा हुँदा पिताको मुख हेर्ने दिन

- लक्ष्मण अधिकारी

हिमालय खबर

शेयर गर्नुहोस:

15.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भर्खरै हामीले “ह्याप्पी फादर्स डे” अर्थात बुवाको मुख हेर्ने दिन मनायौं । कम्तिमा पनि हामी मध्ये धेरैले आफ्नो बुबाको तस्बिर पोष्ट गर्यौं, चाहे ति बुवा जीवित हुन वा स्वर्गबासी भईसक्नु भएका हुन् ।

म टेक्ससमा यात्रा गर्दै थिएँ, जहाँ एक युबा बुबा मेरो छेउमा बसिरहनुभएका थिए । ती विगत १० वर्षदेखि अध्यागमनको समस्याले गर्दा आफ्नै दुःख र पीडा लिएर अमेरिकामा बस्दै आएका छन् । आधुनिक पुस्ताले सीमाविहीन पृथ्वीको वकालत गरिरहेको बेला ‘अध्यागमन’ शब्दले हामीमध्ये धेरैलाई हाम्रो परिवारबाट अलग गरेको छ। यो ‘आप्रवासी’ बुबाको छोराले उहाँलाई मेसेन्जरमा ‘नेपालबाटे आफ्नो बुबालाई ढोग दर्शन लिनको लागि आफ्नो खुट्टा देखाउन अनुरोध गर्दै भन्छन्-‘बुबा म तपाईंको पाउको दर्शन गर्न सक्छु जहाँ म मेरो शिर झुकाएर तपाईंको आशीर्वाद पाउन सकुँ’ । छेउमा उसकी आमा रोइरहेकी थिइन् सायद उसको बुबा कम्तिमा त्यो “बुवाको मुख हेर्ने दिन” मा त्यहा चाहन्थिन। श्रीमान् धेरै वर्षदेखि टाढा रहनुको कारणले उनी आफैंमा धेरै पीडाहरू गुम्सिएर रहेका थिए।

यो सबै अवस्थाले मलाई निकै उदासीन बनायो। मैले आफूलाई त्यो बच्चाको स्थानमा राखें र मेरो विगत र मेरो बुबा मेरो स्मृतिमा ह्वार्र…… अाउनुभयो ।

मेरो बुबा भारतीय सेना हुनुहुन्थ्यो । उहाँ एक वर्षमा एक महिना बिदा पाउनु हुन्थ्यो । करिब १२ दिन उहाँले दुबै बाटोमा यात्रा गर्न बिताउनु हुन्थ्यो । झण्डै २ दिन सडक (कलकत्ता–धरान) र ४ दिन कठिन पैदल यात्राा (धरान–बक्सिला, खोटाङ) यात्रा गर्दै घर अाउनुहुन्थ्यो । उहाँले हामीसँग मुस्किलले १८ देखि २० दिन बिताउनुहुन्थ्यो। घरमा बुबाको उपस्थितिले असीम खुसी ल्याउँथ्यो। मेरो बुबा घरमा मेरो पर्खाइमा हुनुहुन्छ भन्ने सोचेर म मेरा साथीभाइसँग नखेली घर फर्कन्थे। म सधैं उहाँको छेउमा उभिएर उहाँको अनुहार हेर्न चाहन्थें। म उहाँको कुरा सुन्न र आफ्नो अनुभव साझा गर्न चाहन्थे। उहाँले मलाई ठूला मान्छे जस्तै व्यवहार गर्नुहुन्थ्यो । मैले मेरो बुबा मार्फत मेरो गाउँका मानिसहरूको विगतको बारेमा जान्न सके। उहाँले आफ्नो पेशा र मैले बाल्यकालमा गरेका बिभिन्न कर्तुतहरु गफ गरेर मक्ख पर्नु हुन्थ्यो ।

म एक हप्ता वा केहि दिन खुशीको महलमा दुबेको हुन्थे। त्यसपछि फेरि बुवा घर छोडेर जाने दिनहरू गन्न थाल्थें। घर छोड्ने अघिल्लो दिन नै बुबा लाहुर जाने दिन आयो भनेर सोचेर रातभर निदाउन सक्दिन थिए। बिदाई धेरै पीडादायी हुन्थ्यो। गहभरी आँसु राखेर मेरी आमाले “दियो” जलाउनुहुन्थ्यो र मुख्य ढोकाको देब्रे र दायाँपट्टि फूलका दुईवटा “कलश” राख्नुहुन्थ्यो। त्यहाँ दहीको सानो कचौरा हुन्थ्यो जुन मेरो बुबाले घर छोड्नु अघि सफल यात्राको लागि वा साइतको लागि भनेर एक चम्चा मात्र सुरुप्प प्रर्नुहुन्थ्यो। मेरो बुबाले मेरो गाला निचोर्नुहुन्थ्यो र आँसु बगाउनुहुन्थ्यो । वहाँ भाबुक भएर एक बचन बोल्न सक्नु हुन्न थियो। हामी सबै सबै रुन्थ्यौं– विछोडको पीडाले । हाम्रो विस्तारित परिवार र छिमेकीहरू त्यहाँ बुवालाई बिदाइ गर्न आउनु हुन्थ्यो। जब मेरो बुबा उकालो चढ्न थाल्नुहुन्थ्यो, हामी सबैले उहाँलाई हेरिरहेका हुन्थ्यौ । उहाँ हाम्रो नजरबाट गायब नहुन्जेल सम्म।

मेरा आँखा अझै पनि मेरो बुबालाई हेरिरहेका हुन्थे कतै उहाँको यता-उता लूपहरूमा हिँडेको झलक पाउन सकिन्छ कि भनेर । यदि मैले मानिसहरू टाढा टाढा हिडिरहेको देखे भने, म अनुमान लगाउथे कि त्यो मेरो बुबा हुनुपर्दछ भनेर। त्यस पछी, त्यो दिन साथीहरूसँग खेलेर वा स्कुल गएर बित्थ्यो। त्यसपछि, साँझ यती छिटो पर्थ्यो कि मेरा आँखाहरू साँझमा मेरो बुबाको उपस्थितिलाई हरपल खोजिरहेका हुन्थे। मेरी आमाले दियो बाल्नुहुन्थ्यो र मेरो बुबाको यात्रा सुखद होस् भनी भगवानसँग प्रार्थना गर्नुहुन्थ्यो। बुबालाई सम्झेर म छेउमा बसेर रुन्थे। म उहाँले छोडेको टिसर्ट वा भेस्ट समातेर नाकको छेउमा राख्थे किनकि मलाई मेरो बुबाको गन्धले बुवा छेउमै भएको महसुस हुन्थ्यो। मेरो आँखाबाट बग्ने आँसुले त्यो गन्जी र मेरो सिरानी पूर्ण रुपले भिजेको हुन्थ्यो। जब म निदाउँथें, सपनीमा मेरो छेउमा मेरो बुबा उभिएको देख्थे वा उहाँको उपस्थितिमा म खेलीरहेको हुन्थे। त्यो परिस्थितिजन्य अवस्था बिस्तारै र बिस्तारै नहटेसम्म बुवाले छोडेको थोत्रे भेष्ट मेरो तकियाको छेउमा रहन्थ्यो।

हाम्रो देश वा हाम्रो परिवार आर्थिक रूपमा सम्पन्न भएको भए यी सबै बुवाहरूले आफ्ना सन्तानलाई बुवाको मायाबाट वञ्चित गर्ने थिएनन्।

अहिले सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न अंग बनेको छ । हामी राम्रो र नराम्रो चीजहरू साझा गर्छौं, सुख र दुःख, वा हाम्रो दिमागले हामीलाई निर्देशन दिएको सबै कुरा प्रकाशित गर्छौं।

बुवाको मुख हेर्ने दिनमा, जब मैले मेरा सबै साथीहरूले आफ्नो बुबाको तस्बिर फेसबुकमा पोस्ट गरेको देखे, मैले पनि मेरो बुबाको तस्बिर वहाँको फेसबूकबाट डाउन्लोड गरे र कम्तिमा औपचारिकताको लागि पोस्ट गरें। आफ्नो तस्बिर पोष्ट नगरेको कुरा मेरो बुबाले अरूबाट थाहा पाएमा उहाँलाई नराम्रो लाग्ला वा अब उप्रान्त मैले उहाँलाई वास्ता नगरेको सोच्नु हुन्छ होला भन्ने मलाई चिन्ता थियो।

होइन वास्तवमा मेरो मानसपट्टलमा उहाँले मेरो बारेमा सोचेको भन्दा बढी थियो। तैपनि मैले छोराको हैसियतमा उहाँलाई आवश्यक पर्दा केही गर्न सकिनँ वा सकिरहेको छैन । व्यक्तिगत रूपमा गर्नु र गहिरो सम्झनाले माया दर्शाउनु दुई फरक कुरा हुन्। उहाँले आफ्नो बयस्क जीवनमा गरे जस्तै, म पनि राम्रो भविष्यको लागि घर छोड्न बाध्य भए। विगतमा म बुवाको मायाबाट वञ्चित थिएँ भने अहिले मेरो बुवा छोराको मायाबाट वञ्चित छन् ।

मेरो बुबा आफ्नो बयस्कमा बाघ जस्तै हुनुहुन्थ्यो। कुलपूजाको समयमा सबै बोकाहरू काट्ने गर्थे र कलकत्तामा कालीपूजाको समयमा एकै चक्कामा राङ्गो ढाल्ने उहाँ नै हो। मलाई उहाँको पाखुरा र तिघ्राको साइज अझै याद छ। म पक्का छु कि उहाँले ठीकठाक साइजको गुरिल्ला आबस्यक परेको खन्डमा ढाल्नु हुन्थ्यो।

अहिले मेरो बुबा धेरै बूढो र विभिन्न स्वास्थ्य समस्याहरूले ग्रसित हुनुहुन्छ। मेरो भित्री इच्छा म उहाँको छेउमा हु। म अस्पतालमा उहाँको ओछ्यान छेउमा सुत्न सकुँ वा औषधि खुवाउन सकुँ । उहाँले केहि सामान बोक्नु पर्छ जुन डाक्टरहरूले वहाँलाई त्यसो गर्नबाट रोकेका छन, तर उहाँ अझै पनि बोकिनै रहनु भएको छ। मेरो भित्र देखीको इच्छा यो हो कि वहाँले चाहेको सबै कुरा म आँफैले बोकिदिउ। उहाँलाई केही बिशेष खाना खान मन लाग्दो हो, तर आमालाई अर्हाउन सक्नुहुन्न । किनभने मेरी आमा पनि बुढी भइसक्नु भएको छ । त्यसैले आमालाई बोझ होला भन्ने भान बुवालाई हुन्छ। म कामना गर्छु कि मेरो बुबाले जे खान चाहनुहुन्थ्यो त्यही पकाउन भान्साकोठामा म हुनपाउँ। मैले बुबाको दायित्व तिर्नका लागि कागजका खोस्टा ृपैसो पठाउने र मेसेन्जरमा रसहीन मुस्कान देखाउँदै बुवा सँग नक्कली माया सटही गरिरहेको हुन्छु। म सँग माया र इच्छा सक्ती हुँदाहुँदै पनि म मेरो परिस्थितिको कारण बुवाप्रतिको ब्यक्तिगत दायित्व बहन गर्न असमर्थ छु।

मैले फेरि आफूलाई धेरै बुबाका सन्तानको स्थानमा राखें जसको लागि म दिनरात काम गरिरहेको छु। यी बुबाहरू भारतीय सेनामा सेवा गर्दा मेरो बुबाले जस्तै संघर्ष गरिरहेका छन् र उनीहरूका छोराछोरीले आफ्ना बुबालाई सम्झीरहेका छन, जसरी मैले मेरो बुबालाई बिगतमा सम्झिन्थे । म साँच्चै चाहन्छु कि यी बच्चाहरूलाई सकेसम्म चाँडो आफ्ना बुबाहरूसँग पुनर्मिलन गरियोस् ताकि उनीहरूले पहाडमा म जस्तै जीवन बिताउनु नपरोस । यी छोराछोरीले आफ्ना बुबाको हालको अवस्थाको बारेमा यस्तो लेख्न आवश्यक नपरोस म पक्का छु कि यी बच्चाहरूसँग आफ्ना बुबाको अनुपस्थितिमा गुज्रिएका तीतो कथाहरू हुनेछन्, तर कम्तिमा उनीहरूका बुबासँग अहिले मेरो बुबाको उस्तै कथा हुनेछैन।

राम्रो अवसरको खोजीमा नेपाल छाड्न बाध्य भएका सबै युवा बुवाहरूको यो यथार्थ कथा हो । सबै वृद्ध बुबाहरू म र धेरै साथीहरू जस्तै विदेशमा काम गर्ने आफ्ना छोराहरूलाई सम्झेर आँखा सदाका लागि बन्द गरिरहेका छन। हामी अन्ततः भन्छाै-माफ गर्नुहोस् बुबा१ म यो भन्दा राम्रो छोरा बन्न सक्दिन, म तिमीलाई सधैं सम्झी रहने छु । ब्ला ब्ला ब्ला साहित्यका धारा यहाँ फुट्छन । सामाजिक सञ्जालमा साँच्चै बुबाले फेसबुक वा इन्स्टाग्राम वा टिकटकमा स्वर्गबाट आएर त्यो बेकारका सन्देश पढ्लान नै जस्तो गरी प्रकाशित हुन्छ। यो हाम्रो चाहना होइन तर परिस्थिति हाम्रो अघिल्तिर ढुङ्गा जस्तै उभिएको छ।