मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नेपाल स्काउट एण्ड गाइड फेलोसिपको चितवन बैठक सम्पन्न

नेपाल स्काउट एण्ड गाइड फेलोसिपको चितवन बैठक सम्पन्न

हिमालय खबर

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर । नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपाल (एनएसजिफ)का सभापति श्रीराम लामिछानेको अध्यक्षतामा चितवनमा बसेको बैठकले स्पेनमा हुन लागेको वर्ल्ड कन्फरेन्स-२०२४ मा सहभागी हुने टोलीबारे जानकारी दिइएको थियो ।

वर्ल्ड कन्फरेन्स-२०२४ लाई मध्यनजर राख्दै एनएसजिएसले स्मारिका २०८० प्रकाशन गर्ने, एनएसजिएसले स्काउटका विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको र अझै सरलीकृत गर्ने लक्ष्य राखी बुद्धज्योति इङ्लिस स्कुल, रत्ननगर–४ ले एउटा कोठा उपलब्ध गराएकोमा विद्यालय परिवारलाई धन्यवाद दिएको छ ।

साथै आवश्यक सामग्री, पाल, वाकीटकी सञ्चार सेट, डोरीलगायत आवश्यक सामग्री माग भएअनुसार सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय सचिव वैकुण्ठ मरहठ्ठाको संयोजकत्वमा सहसचिव दिनेश पाण्डे र परिषद् सदस्य बुद्धिबहादुर गुरूङलाई जिम्मेवारी दिइयो ।

बैठकले एनएसजिफका सभापति श्रीराम लामिछाने केही समय अमेरिका जानुपरेकाले उनी नफर्किएसम्मका लागि उपसभापति तीर्थराज न्यौपानेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले क्लिनिकल नेपाल मेघौली चितवनका प्रमुख हरिबहादुर भण्डारीले एनएसजिफलाई १० थान त्रिपाल उपलब्ध गराएकोमा धन्यवाद दिँदै दुवै संस्था मिलेर सहकार्य गर्दै अघि बढ्ने सहमति भएको एनएसजिफका उपसभापति तीर्थराज न्यौपानेले जानकारी दिए ।