मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कांग्रेसका सहमहामन्त्री यादव साङ्घातिक आक्रमणबाट घाइते

कांग्रेसका सहमहामन्त्री यादव साङ्घातिक आक्रमणबाट घाइते


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । यादवको टाउको पछाडि चोट लागेको छ । यादवमाथि धारिलो हतियारले आक्रमण गरिएको बताइएको छ । उनको अवस्था खतरामुक्त छ ।

Advertisement

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका युवक श्याम सापकोटाले आफूलाई अभियान्ता भनेर चिनाउँदै हिँड्ने गरेको खुलेको छ ।घटनाका एक प्रत्यक्षदर्शीले सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । यस्तै उनले भ्रष्टाचार र कुशासनको पक्षमा पनि नाराबाजी गरेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ ।

रिपोटर्स क्लबले यादवसहितका नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँगै बाहिरिएका थिए ।

क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको थियो । आक्रमणकारी सापकोटाले कार्यक्रम अवधिभर क्लबभित्रै बसेर भाषण सुनेका थिए ।

यसैबीच खुकुरी आक्रमणमा परी गम्भीर घाइते भएका यादवलाई भेट्न पार्टी सभापति शेरबहादुर देउवा ट्रमा सेन्टरमा पुगेका छन् ।

शेयर गर्नुहोस:

108
Shares