मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कांग्रेसका सहमहामन्त्री यादव साङ्घातिक आक्रमणबाट घाइते

कांग्रेसका सहमहामन्त्री यादव साङ्घातिक आक्रमणबाट घाइते


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । यादवको टाउको पछाडि चोट लागेको छ । यादवमाथि धारिलो हतियारले आक्रमण गरिएको बताइएको छ । उनको अवस्था खतरामुक्त छ ।

Advertisement

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका युवक श्याम सापकोटाले आफूलाई अभियान्ता भनेर चिनाउँदै हिँड्ने गरेको खुलेको छ ।घटनाका एक प्रत्यक्षदर्शीले सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । यस्तै उनले भ्रष्टाचार र कुशासनको पक्षमा पनि नाराबाजी गरेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ ।

रिपोटर्स क्लबले यादवसहितका नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँगै बाहिरिएका थिए ।

क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको थियो । आक्रमणकारी सापकोटाले कार्यक्रम अवधिभर क्लबभित्रै बसेर भाषण सुनेका थिए ।

यसैबीच खुकुरी आक्रमणमा परी गम्भीर घाइते भएका यादवलाई भेट्न पार्टी सभापति शेरबहादुर देउवा ट्रमा सेन्टरमा पुगेका छन् ।

शेयर गर्नुहोस:

108
Shares