मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ : अर्थमन्त्री डा. महत

नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ : अर्थमन्त्री डा. महत

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)द्वारा काठमाडौँमा आयोजित ‘साना राष्ट्रको क्षमता : नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माण गरी त्यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

‘नेपालमा सूचना प्रविधि (आइटी)का क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको छ’, उनले भने, ‘चालु आवको बजेटमा आइटी क्षेत्रमा लगाउँदै आइएको आम्दानी कर ५० प्रतिशत कम गर्ने नीति लिइएको छ । नेपालमा प्रविधिको क्षेत्रमा ठूलो अवसर रहेको छ ।’

मन्त्री डा। महतले ५० देखि सतप्रतिशत छात्रवृत्ति विना विदेशमा अध्ययनका लागि जान नहुने धारणा राख्दै नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

मन्त्री डा। महतले पछिल्लो समय ठूलो सङ्ख्यामा युवा आइटीमा लागे पनि करको दायरामा भने नआएको बताए । उनले नेपालबाट बेलायतमा सय मिलियन पाउण्ड बराबरको सफ्टवयेर निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको दाबीसमेत गरे ।

‘अहिले नेपालमा ठूलो सङ्ख्यामा युवा आइटीमा लाग्नुभएको छ तर करको दायरामा आउनुभएको छैन’, मन्त्री डा. महतले भने, ‘नेपालबाट बेलायतमा एक सय मिलियन पाउण्ड बराबरको सफ्टवेयर निर्यात हुने गरेको छ ।’ पर्यटन प्रवर्द्धनका लागि ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि ऋण कसरी तिर्ने भन्ने समस्यामा सरकार रहेको उनले बताए ।

‘ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायौं । कसरी ऋण तिर्ने भन्ने भइरहेको छ’, मन्त्री डा. महतले भने, ‘त्यो भन्दा पहिला निजगढमा विमानस्थल बनाउन पाएको भए राम्रो हुन्थ्यो ।’ नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता निश्चित रहेकाले धेरै पर्यटक आउ भन्न सक्ने अवस्था नभएको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अर्थतन्त्रमा आर्थिक चुनौती यथावत् रहेकाले अहिलेको अर्थतन्त्रको ‘ट्रेण्ड’लाई बदल्न जरुरी रहेको धारणा राखेका थिए ।