मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नेपाली पत्रकारिताका शिखर पुरुष राजेश्वर नेपालीको निधन

नेपाली पत्रकारिताका शिखर पुरुष राजेश्वर नेपालीको निधन

हिमालय खबर

शेयर गर्नुहोस:

621
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी, निर्भिकताको प्रतिमूर्ति वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।

पत्रकारिताका भिष्मपितामह भनेर चिनिने नेपालीको सोमबार बेलुका ८ः१० बजे जनकपुधामस्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए ।

विगत १४ महिनादेखि बिरामी परेका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान परेका थिए । यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आफ्नो जन्मदिनभन्दा सात दिनअघि को तिथिमा नेपालीको निधन भएको हो । उनको जन्म जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ को बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीको घरमा सन् २००२ भाद्र १९ गते भएको थियो ।

मध्यम वर्गीय सम्पन्न परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता करियरको सुरूवात गरेका थिए । उनले सन् २०१५ मा जानकी नौमीमा कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरू गरेका थिए।

त्यसपछि उनले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखनमार्फत आवाज उठाउँदै आए । वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मंसिर २६ गतेबाट पत्रकारिता करियर सुरूवात गरेका थिए ।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेता द्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरूवात गरेका थिए ।

उनी पछिल्लो लामो समयदेखि बाबासिर, प्रोस्टेट क्यान्सरबाट पीडित थिए भने विभिन्न आन्दोलनहरुमा प्रहरीको लाठी चार्जबाट खाएको चोटले मेरुदण्डको हाडसमेत त्यतिबेला भाँचिएको थियो ।