मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   
मुख्य समाचार   

अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारीलाई पक्राउ

अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारीलाई पक्राउ


शेयर गर्नुहोस:

972
Shares

  • change font
  • change font
  • change font

मस्को । युक्रेन द्वन्द्वबारे अमेरिकी कूटनीतिज्ञलाई सूचना दिएको आरोपमा मस्कोले भ्लादिभोस्तोकस्थित अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी रहेका रूसी नागरिकलाई पक्राउ गरेको छ ।

सङ्घीय सुरक्षा सेवा (एफएसबी)ले एक विज्ञप्ति जारी गर्दै रोबर्ट रोबर्टोभिच शोनोभलाई मस्कोस्थित अमेरिकी दूतावासका लागि सूचनादाता भएको आरोप लगाएको छ ।

Advertisement
ADVERTISEMENT

मस्को र वासिङ्टनबीचको तनावपूर्ण सम्बन्ध, विशेषगरी युक्रेनमा जारी द्वन्द्वलाई लिएर दबाब सिर्जना गर्ने कूटनीतिक विवादको शृङ्खलाको यो पछिल्लो घोषणा हो ।

एफएसबीका अनुसार शोनोभले गत वर्ष सेप्टेम्बरमा अमेरिकी कूटनीतिज्ञहरूलाई द्वन्द्व र परिचालनबारे जानकारी दिन सुरू गरेका थिए । शोनोभलाई अर्को वर्ष हुने राष्ट्रपतीय चुनावअघि रूसका क्षेत्रहरूमा विरोधको भावना मापन गर्ने जिम्मेवारी दिइएको थियो ।

शोनोभले मस्कोस्थित अमेरिकी दूतावासको राजनीतिक विभागका दुई कूटनीतिज्ञ जेफरी सिलिन र डेभिड बर्नस्टिनलाई सोधपुछ गर्ने योजना बनाएको एफएसबीले जनाएको छ ।

रुस र पश्चिमा देशहरू, विशेष गरी संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक तनाव केही वर्षदेखि बिग्रँदै गएको छ र दुवै पक्षले एक अर्कालाई कूटनीतिक सुविधाहरूमा कर्मचारी सङ्ख्या कटौती गर्न आदेश दिएका छन्, जसले उनीहरूको कार्यहरूमा बाधा पु¥याएको छ । एएफपी/ तस्बिर : एपी

शेयर गर्नुहोस:

972
Shares