मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

क्षेप्यास्त्र उत्पादनमा व्यापक वृद्धि गर्न उत्तर कोरियाली नेता किमको निर्देशन

क्षेप्यास्त्र उत्पादनमा व्यापक वृद्धि गर्न उत्तर कोरियाली नेता किमको निर्देशन

{“caption”:”u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0915u0947u0938u0940u090fu0928u090f”,”photographer”:””,”alt_text”:””}

शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

सिओल । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिएका छन् ।

किमले गत हप्ता एक महत्त्वपूर्ण सैन्य बैठकमा युद्धको तयारीलाई तीव्रता दिन आह्वान गरेपछि हतियार कारखाना (प्लान्ट) हरुको भ्रमण भएको हो ।

Advertisement

कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए) का अनुसार किमले दुई दिनसम्म गरेको निरीक्षणमा सामरिक क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना, ठूलो क्यालिबर कन्ट्रोल मल्टिपल रकेट लञ्चर शेलका साथै बख्तरबन्द लडाकु गाडी निर्माण गर्ने प्लान्टको भ्रमण पनि समावेश छ ।

रणनीतिक क्षेप्यास्त्र प्लान्ट फ्याक्ट्री भ्रमणका क्रममा किमले प्लान्टले उत्पादनमा उत्पन्न हुने वैज्ञानिक र प्राविधिक समस्यालाई परिपूर्ण बनाएको र हतियारको आधुनिकीकरणलाई अघि बढाएकोमा सन्तुष्टि व्यक्त गरेका थिए ।

केसिएनएका अनुसार उनले विद्यमान क्षेप्यास्त्र उत्पादन क्षमतामा व्यापक वृद्धि गर्ने महत्त्वपूर्ण लक्ष्य राख्दै युद्धको तयारीलाई तीव्रता दिन कारखानाको भूमिकामाथि जोड दिएका छन् । ।

किमले ‘गोलाबारूदको उत्पादनमा वृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् भने उनी आफैँले बख्तरबन्द लडाकू वाहन चलाएको तस्बीरसमेत सार्वजनिक गरिएको छ ।

सरकारी रोडोङ सिनमुन पत्रिकाले सार्वजनिक गरेको तस्बिरमा किम उत्तर कोरियाले ‘हालै विकसित युटिलिटी कम्ब्याट बख्तरबन्द गाडी’को चालकको सिटमा बसिरहेको देखिन्छन् ।

किमले ट्रान्सपोर्टर इरेक्टर लञ्चर उत्पादन गर्ने कारखानाको पनि निरीक्षण गर्दै मोबाइल प्लेटोर्मको विकास र उत्पादनको महत्त्वमा उनले जोड दिएका थिए ।

उत्तर कोरियाली सेनासँग ‘ठूलो सैन्य बल’ हुनुपर्छ र शत्रुविरुद्ध कुनै पनि समयमा कुनै पनि युद्धको सामना गर्न पूर्ण रूपमा तयार हुनुपर्छ,” किमलाई उद्धृत गर्दै केसिएनएले उल्लेख गरेको छ । “यदि उनीहरूले आक्रमण गरे भने उत्तर कोरियाले उनीहरूमाथि धावा बोल्ने हैसियत रहनुपर्ने किमले बताएको सिनमुनले समाचारमा उल्लेख गरेको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अगस्ट २१ देखि अगष्ट ३१ सम्म हुने वार्षिक उल्ची फ्रिडम शिल्ड (युएफएस) अभ्यासको तयारी गरिरहेका बेला यो निरीक्षण गरिएको हो । (रासस/एएफपी)

शेयर गर्नुहोस:

27
Shares