मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

तेहरान । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ ।

“मे २०२२ मा मारान्ड शहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँच जनालाई मृत्युदण्ड दिइएको छ,” न्यायपालिकाको मिजान अनलाइनले घोषणा गरेको छ ।

Advertisement

पूर्वी अजरबैजान प्रान्तमा भएको सामूहिक बलात्कारको चार दिनपछि पक्राउ परेका ती व्यक्ति अन्य अपराधमा पनि संलग्न रहेको मिजानले बताएको छ ।

गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेत अवस्थामा बलात्कार गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड दिएको थियो ।

उनीहरूलाई सन् २०२१ को अन्त्यतिर दक्षिणी प्रान्त होर्मोज्गानमा यौन दुव्र्यवहारका थुप्रै घटनामा सहभागी रहेको अभियोगमा दोषी ठहर गरिएको मिजानले जनाएको छ ।

मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरानले एकाधबाहेक अन्य मुलुकको तुलनामा बढी मानिसलाई मृत्युदण्ड दिने गरेको छ । इरानमा गत वर्ष कम्तीमा ५८२ जनालाई फाँसी दिइएको थियो ।

एम्नेस्टीका अनुसार इरानका अधिकारीहरूले ‘सबै अपराधका लागि मृत्युदण्डको सङ्ख्या’मा उल्लेखनीय वृद्धि गरेका छन् र सन् २०२३ मा अहिलेसम्म कम्तीमा २८२ जनालाई मृत्युदण्ड दिइएको छ । यो सङ्ख्या गत वर्षको जुन महिनाको सुरूमा मृत्युदण्ड दिइएकाहरूको सङ्ख्याभन्दा झन्डै दोब्बर हो । एएफपी

शेयर गर्नुहोस:

324
Shares